काठमाडौँ- बागमती प्रदेश कांग्रेसका सभापति एवम् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मकवानपुरको मार्खु स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
मंगलबार ईन्द्रसरोवर गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेश कांग्रेसका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
सभापति बनियाँले ईन्द्रसरोवर गाउँपालिका– १ मा रहेको स्वास्थ्य चौकीलाई मंगलबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । उनले इन्द्रसरोवर– १ का वडाध्यक्ष जमानसिंह वाइबालाई चाबी हस्तान्तरण गरेका छन् ।
स्व.राजकुमार बानियाँको स्मृतिमा सभापति बानियाँले निजी खर्चमा एम्बुलेन्स किनेर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको उनको निजी सचिवालयले जनाएको छ । सभापति बानियाँले राजनीति समाजसेवा गर्नका लागि गरेको भन्दै जनताको सेवाका लागि एम्बुलेन्स दिएको बताए ।
बनियाँले मार्खु स्वास्थ्य चौकीको स्तरोन्नति र भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले राजनीति समाजसेवा भएको बताउँदै एम्बुलेन्स उपलब्ध गराउने कांग्रेस सभापति बानियाँलाई धन्यवाद दिएका छन् ।
बानियाँले राज्यबाट पाउने सेवा सुविधा समेत समाजसेवामा खर्च गरिरहेको जनाएका छन् । वडाध्यक्ष वाइबाले एम्बुलेन्स उपलब्ध गराएको भन्दै सभापति बानियाँलाई धन्यवाद दिएका छन् ।
यसैबीच, मकवानपुरमा एमाले, माओवादी, राप्रपासहितका दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बानियाँले एक सयभन्दा धेरै स्थानीय नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
सभापति बानियाँले नवप्रवेशीहरूलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा सबैलाई सधैँ ढोका खुला रहेको बताए । उनले कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा विजयी बनाउन सबैसँग अपील पनि गरेका छन् ।
एम्बुलेन्स हस्तान्तरण समारोहमा मार्खु स्वास्थ्य चौकीका प्रमुख सुवास राना, युवा नेता मीनकृष्ण महर्जन, ईन्द्रसरोवर गाउँपालिकाको कांग्रेस सभापति विश्व लामा, तरुण दल अध्यक्ष कृष्ण बलामी, समाजसेवी सुमन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
युवा नेता मीनकृष्ण महर्जनले नेता बनियाँको प्रसंसा गरेका छन् । नेता महर्जनले नेता बानियाँ मनकारी नेता हुनुका साथै बिपन्न परिवार दुखि गरिब जनताका सेवक हुनका साथै नेपाली जनताका मन मस्तिष्कमा परेको नेता रहेको बताएका थिए। बानियाँको देशैभरी चर्चा हुने गरेको नेता महर्जनले बताए।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।