आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

ओलीलाई खतिवडाको दनक, ढुक्क हुनुस् ओलीज्यू मिर्गौलाको उपचार गर्न ५ हजार सरकारले घरमै ल्याइदिन्छ

ओलीलाई खतिवडाको दनक, ढुक्क हुनुस् ओलीज्यू मिर्गौलाको उपचार गर्न ५ हजार सरकारले घरमै ल्याइदिन्छ

  • मिडिया डबली
  • मंगलवार, चैत्र २९ २०७८

  • 6.3K
    SHARES

  • ओलीलाई खतिवडाको दनक, ढुक्क हुनुस् ओलीज्यू मिर्गौलाको उपचार गर्न ५ हजार सरकारले घरमै ल्याइदिन्छ

    धनकुटा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले केपी ओलीले मदन भण्डारीका सन्तानले दुःख पाउँछन् कि भनेर हेर्नका लागि चार अर्ब खर्च गरेर टावर बनाएको आरोप लगाएका छन्। धनकुटामा आयोजित कार्यक्रममा उनले त्यस्तो आरोप लगाएका हुन्।

    ‘टावरका कुरा आएका छन् । मैले त सुनेको थिएँ । मदन भण्डारी सपनामा आएर भन्नुभयो रे– मेरा सन्तानहरू अलिक अफ्ठ्यारोमा परे भने तपाईले राम्रोसँग हेरिदिनु है ओलीजी भन्नुभएको थियो रे,’ खतिवडाले भने, ‘मदन भण्डारीजी आज हुनुहुन्न । सायद झापामा ४ अर्बको टावर बनाएको त्यो टावरबाट मदन भण्डारीका सन्तान हेर्नको लागि टावर बनाएको होला।’

    कम्युनिस्टले कांग्रेसले गरेको विकासलाई मैले गरेको हुँ भनेर रिबन काटेर उद्घाटन गर्ने गरेको पनि उनले बताए । ‘धनकुटामा सूर्यबहादुर थापाले बनाएको सडकलाई हामीले बनाएको हो भनेर कम्युनिस्टले कैँची र रिबन बोकेर उद्घाटन गर्न बेर लगाउँदैनन्’, उनले भने ।

    उनले एमालेलाई बिचौलिया र झुठको पार्टी रहेको बताएका छन् । ‘एमाले पार्टी बिचौलियाका रुपमा परिचालन भएको छ’, उनले भने, ‘कांग्रेस आउँदा कांग्रेससँग ठीक, माओवादी आउँदा माओवादीसँग ठीक,’ उनले भने, ‘कुनै पनि परिवर्तन र आन्दोलनको नेतृत्वको एमाले भन्ने पार्टीले कहिल्यै गरेन ।

    सबैभन्दा धेरै अवसर कुनै पार्टीले लिएको छ भने त्यही पार्टीले लिएको छ।’ ओलीले तत्कालीन समयमा देउवा सरकारले दीर्घरोगी, मिर्गौला, क्यान्सरपीडितलाई ५ हजार दिने भनेर गरेको निर्णयलाई काटेको बताउँदै उनले देउवाफेरि प्रधानमन्त्री हुनेवित्तिकै ५ हजार दीर्घरोगीका बिरामीलाई दिने निर्णय गरेको बताए ।

    ओलीले देउवालाई भनेको कुरा स्मरण गर्दै खतिवडाले भने, ‘ओलीले शेरबहादुर देउवाजी ६०–७० वर्ष पुगेपछि एमालेको वृद्धभत्ता लिन तपाई आउनु हुन्छ होला नि भनेर केपी ओलीजीले भन्नुभयो । ओलीले गोजीबाट दिए जस्तो ।

    हामीले त्यस्तो नभनेर ओलीलाई किड्नीपीडित पूर्वप्रधानमन्त्री भएकोले तपाईलाई दिने ५ हजार रुपियाँ शेरबहादुर देउवाले घर–घरमा पुर्‍याइदिन्छन् । केपी ओलीकामा पनि घरमा पुर्‍याइदिन्छौँ भन्ने थियो । लिन आउनुपर्दैन ओलीजी तपाईलाई घरमा ५ हजार पठाइदिन्छौँ ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०१:०१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend