बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

गोविन्द बन्दीलाई कानूनमन्त्री बनाउँदै देउवा, बडू उद्योगमन्त्री

गोविन्द बन्दीलाई कानूनमन्त्री बनाउँदै देउवा, बडू उद्योगमन्त्री

  • मिडिया डबली
  • बिहिवार, चैत्र २४ २०७८

  • 3.8K
    SHARES

  • गोविन्द बन्दीलाई कानूनमन्त्री बनाउँदै देउवा, बडू उद्योगमन्त्री

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षामन्त्रालय आफूसँगै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

    देउवाले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गर्ने भएका छन् । संक्रमणकालीन न्यायका ज्ञाताका रुपमा चिनिएका बन्दी गैरसांसद हुन् ।

    एक वर्षअघि नेकपा विभाजन हुँदा र प्रतिनिधिसभा विघटन बदर गर्दा बन्दीले ठूलो भूमिका निभाएका थिए । सांसद नभए पनि उनी ६ महिना मन्त्री बन्न पाउँछन् ।

    बन्दीलाई कानून मन्त्रालयको जिम्मा दिनुपर्ने भएपछि कानून मन्त्रालयको नेतृत्व गरिरहेका दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री देउवाको तयारी छ । 

    ‘सबैले मलाई उद्योगमा सरुवा हुन लाग्नु भो रे भनेर सोध्छन्। मलाई नै थाहा छैन। बिहान प्रधानमन्त्रीजीसँग कुरा त मेरो भएको हो। तर खै केही भन्नु भएन,’ बडूले भने ।

    उता गोविन्द बन्दीले भने दिउँसो २ बजे सपथ कार्यक्रम तोकिएको बताए । बन्दी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सिफारिसमा मन्त्री बन्न लागेका हुन् ।

    dilendra.png

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०९:२२:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend