आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको सिद्धान्त स्वीकार नगरेको भए ओली जेलमै सड्थे : कांग्रेस नेता खतिवडा

कांग्रेसको सिद्धान्त स्वीकार नगरेको भए ओली जेलमै सड्थे : कांग्रेस नेता खतिवडा

  • मिडिया डबली
  • मंगलवार, चैत्र २२ २०७८

  • 6.3K
    SHARES

  • कांग्रेसको सिद्धान्त स्वीकार नगरेको भए ओली जेलमै सड्थे : कांग्रेस नेता खतिवडा

    धनकुटा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले एमाले अध्यक्ष केपी ओलीले तत्कालीन समयमा कांग्रेसको सिद्धान्त नलिएको भए जेलमै सड्ने बताएका छन् ।

    धनकुटाको छथर जोरपाटी– ५ मा कांग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सम्बोधन गर्दै खतिवडाले एमाले भन्ने पार्टीले निर्दललाई भोट दिएको आरोप लगाए ।

    उनले कांग्रेसले बहुदल मान्ने बनाएपछि एमालेले बहुदल मानेको बताएका खतिवडाले केपी ओलीले कांग्रेसलाई धन्यवाद दिनुपर्ने बताए । ‘हिजो कानुनी शासन मान्दैन भन्ने साथीहरू लुकेर आउनु पर्‍यो ।

    एमाले भन्ने पार्टीले कहिल्यै पनि बहुदलीय व्यवस्थालाई स्वीकार गरेन’, उनले भने, ‘०३६ सालमा निर्दलमा भोट हाल्यो । त्यही पार्टीका साथीहरू हामीले लिएको सिद्धान्तमा आएर आज प्रधानमन्त्री बन्ने अवसर कांग्रेसले दिएको हो ।

    कमरेड केपी ओलीलाई यो मानेमा धन्यवाद दिन चाहन्छु आज कांग्रेसले लिएको सिद्धान्तमा जनताको मतबाट चुनाबबाट माथि जान पाउँछ भन्ने सिद्धान्त स्वीकार नगर्नु भएको भए, तपाई आज कुन जेलमा बसिरहनु हुन्थ्यो कांग्रेसको सिद्धान्तलाई स्वीकार गरेर प्रधानमन्त्री बन्ने मौका पाउनुभयो ।’

    नेता खतिवडाले ३० वर्षसम्म एमालेले धनकुटामा जितेर राज गरे पनि केही विकास नगरेको बताए । उनले भने, ‘एमालेका साथीहरूले जितेर जाँदा धनकुटाका जनताको मुहारमा हँसिलो मुहार आउँछ, बाटो बन्नेछ, बिजुलीको खाँचो कहिँ हुने छैन भन्ने ठानेको थियो । यहाँ कहीँ काम गरेको देखेन ।विकास गरेको थियो भने सूर्यबहादुर थापाले गरेको मात्रै देखियो । कांग्रेसले गरेको देखियो । एमालेले केही गरेको रहेनछ ।’

    ‘केन्द्रीय सदस्य सुनिलबहादुर थापाले कम्युनिस्टले धनकुटामा अत्याचार गरेको बताए । उनले कम्युनिस्टहरू भ्रष्टाचारमा लिप्त भएर जनताको काम नगरेको आरोप लगाएका छन् । कार्यक्रममा एमाले र माओवादी केन्द्रका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend