आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको लालकिल्ला मानिने धनकुटामा ८५ वर्षीय रंगलालसहितका युवाहरु कांग्रेसमा प्रवेश

एमालेको लालकिल्ला मानिने धनकुटामा ८५ वर्षीय रंगलालसहितका युवाहरु कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • मंगलवार, चैत्र २२ २०७८

  • 7.1K
    SHARES

  • एमालेको लालकिल्ला मानिने धनकुटामा  ८५ वर्षीय रंगलालसहितका युवाहरु कांग्रेसमा प्रवेश

    धनकुटा - एमालेको लालकिल्ला मानिने धनकुटा जिल्लामा एमाले र माओवादी केन्द्रसहित विभिन्न दलका स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    सोमबार छथर जोरपाटी गाउँपालिका– ५ मा आयोजित ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गतको कार्यक्रममा विभिन्न दल परित्याग गरेर नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेक हुन् ।

    स्थानीय ८५ वर्षीय रंगलाल थोक्लेनसहितका युवाहरू कांग्रेसमा प्रवेश गरेको धनकुटा कांग्रेसका सभापति दिनेश राईले जानकारी दिएका छन् ।

    नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

    धनकुटामा अधिकांश स्थानमा एमालेले ३० वर्षदेखि निरन्तर जित्दै आएको छ । एमालेले जिते पनि धनकुटामा विकास गरेको छैन ।

    सूर्यबहादुर थापा र उनका छोरा सुनिलबहादुर थापाले गरेको विकासभन्दा नयाँ विकास धनकुटामा हुन सकेको छैन । यस पटक कांग्रेसलाई जिताउन नेताहरूले आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend