आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कम्युनिस्टको लालकिल्ला धनकुटामा ‘क्लिन स्वीप’ गरेर एमालेलाइ हामी बोल्ट आउट गर्छौं : सुनिल थापा

कम्युनिस्टको लालकिल्ला धनकुटामा ‘क्लिन स्वीप’ गरेर एमालेलाइ हामी बोल्ट आउट गर्छौं : सुनिल थापा

  • मिडिया डबली
  • सोमवार, चैत्र २१ २०७८

  • 5.7K
    SHARES

  • कम्युनिस्टको लालकिल्ला धनकुटामा ‘क्लिन स्वीप’ गरेर एमालेलाइ हामी बोल्ट आउट गर्छौं : सुनिल थापा

    धनकुटा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापाले एमालेका सांसदहरूबाट चेलीबेटीहरू असुरक्षित रहेको बताएका छन् ।

    आइतबार धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले चेलीबेटीहरू सेनाबाट भन्दा पनि सांसदबाट असुरक्षित रहेको बताए ।

    उनले सांसदसँग चेलीबेटीहरूले होसियार रहनुपर्ने बताएका छन् । कांग्रेसका नेता थापाले हालै एमालेका एक जना सांसद बलात्कारको आरोपमा पक्राउ परेको समेत बताए ।

    एमालेका सांसद मोहन बानियाँ बलत्कारको अभियोगमा पक्राउ परेका थिए । पछि उनलाई अदालतले धरौटीमा छाडेको थियो ।

    ‘यदि हाम्रा चेलीबेटीमाथि कसैले शंका गर्नुपर्छ भने त्यो हाम्रै सांसहरूबाट गर्नुपर्छ’, उनले भने, ‘सूदुरपश्चिममा एउटा एमाले सांसद हालसालै बलत्कार गरेको आरोपमा पक्राउ पर्नुभएको छ । यहीँ धनकुटामा पनि यस्ता उदाहरणहरू छन् । तर, लुकाएर राखिएका छन् ।’

    ‘सेनाहरू आएर हाम्रा चेलीबेटीहरूमाथि कुनै पनि हातपात हुँदैन’, उनले भने, ‘बरु यहीँकै सांसदहरूबाट हामी होसियार हुनुपर्छ ।’

    कांग्रेसका नेता थापाले धनकुटा जिल्लाका सबै कम्युनिस्ट सांसदले काठमाडौं, विराटनगर, धरान र इटहरीमा घर बनाएको बताएका छन् । उनले धनकुटाबाट यसपालि एमालेलाई हटाउन नसकेको खण्डमा अझै १५/२० वर्ष पछाडि धकेलिनुपर्ने अवस्था आउने बताए ।

    ‘एमालेलाई चुनावमा जिताएर पठाए धनकुटालाई प्रदेश १ को राजधानी बनाउँछौं भने’, थापाले भनेका छन्, ‘मलाई अहिले अपसोँच लागेको छ । एमाले अहिले कुन दुलोमा लुकेर बसेका छन् ।’

    धनकुटाको छिन्ताङ घटनालाई अतिरञ्जित गरी शहीद परिवारलाई ३० वर्षदेखि एमालेले बन्धक बनाएको थापाले उल्लेख गरेका छन् ।

    ‘म सोध्न चाहन्छु माननीयज्यूहरूलाई । उहाँहरूले वर्षको सात करोड रुपियाँ विकासको कार्यक्रमको लागि पाउनुहुन्छ’, उनले भने, ‘आजसम्म ३५ करोड रुपियाँ यो ठाउँबाट लिइसक्नु भएको छ । त्यो पैसाले के–के कार्यक्रम दिनुभयो धनकुटाका जनतालाई ? के–के विकास गर्नु भयो ?’

    धनकुटाका कम्युनिस्ट सांसदहरूलाई चालीस प्रतिशत कमिशन खाने भनेर आरोप लाग्ने गरेको उनले बताएका छन् । धनकुटाका सातवटा पालिकामा ४०/५० करोड भ्रष्टाचार भएको उनले बताएका छन् । कोभिडको महामारीमा सूर्यबहादुर थापा ट्रष्टबाट हेलिकोप्टरमा स्वास्थ्य सामग्री लिएर धनकुटा आउँदा सांसदले हेलिकोप्टर आउन नदिएको उनले बताएका छन् ।

    ‘हेलिकोप्टर रोकियो, मलाई आउन दिएनन् र उनीहरूले सुनिल हिरो हुन्छ भने । मलाई हीरो हुनु छैन’, उनले भने, ‘धनकुटाका जनताप्रति मेरो खबरदारी छ । मेरो ज्यान जोखिम छ । लाज लाग्नपर्ने यिनीहरूलाई । हामीले लुटेरा सांसद पठाएछौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण १३ २०७७०४:५०:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend