आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

थापाको टोलिलाई कांग्रेसले भब्य स्वागत गर्दै, यसरि गरे देउवाले पदको व्यवस्थापन !

थापाको टोलिलाई कांग्रेसले भब्य स्वागत गर्दै, यसरि गरे देउवाले पदको व्यवस्थापन !

  • मिडिया डबली
  • आइतवार, श्रावण ११ २०७७

  • 140.4K
    SHARES

  • थापाको टोलिलाई कांग्रेसले भब्य स्वागत गर्दै, यसरि  गरे देउवाले पदको व्यवस्थापन !

    काठमाडौं - नेपाली काँग्रेसले पार्टी प्रवेश गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनिलबहादुर थापासहित ३१ नेतालाई भव्य स्वागत गर्ने भएको छ ।

    काँग्रेसले राप्रपा छोडेर पार्टी प्रवेश गर्न लागेका थापालाई सहमहामन्त्री र अन्य पाँच जना नेतालाई केन्द्रीय सदस्य दिने बताइएको छ।

    शनिबार थापासहित राप्रपा परित्याग गरेका ३१ जना नेताहरु १३ गते (मंगलबार) नेपाली काँग्रेस प्रवेश गर्दैछन् । त्यस्तै काँग्रेसका विभाग विस्तारपछि केही नेताहरुलाई त्यहाँ पनि जिम्मेदवारी दिने रणनीति अनुसार छलफल भइरहेको छ ।

    थापासँगै काँग्रेसमा समाहित हुने अन्य नेताहरुलाई काँग्रेसले पार्टीका केन्द्रीय विभागहरुमा व्यवस्थापन गरिने बुझिएको छ ।

    राप्रपा धनकुटाका जिल्ला अध्यक्ष लक्ष्मी सुब्बासहित जिल्ला कार्य समिति धनकुटाका सम्पूर्ण सदस्यहरुका साथै नगर,गाउँ,क्षेत्रीय इकाइ समितिहरु पनि काँग्रेसमा प्रवेश गरेसँगै धनकुटा राप्रपाविहीन हुने भएको छ ।

    राप्रपाका संस्थापक स्वर्गीय नेता सूर्यबहादुर थापाको गृहजिल्ला नै राप्रपा विहीन हुन लागेको हो । सुर्यबहादुरका छोरा सुनिलले राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनीलाई ३१ नेता र धनकुटाका सम्पूर्ण कार्यसमितिको राजीनामा बुझाएसँगै धनकुटा राप्रपाविहीन भएको छ ।

    शनिवार थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले पार्टीबाट राजीनामा दिएका छन् ।

    यसैगरी पार्टी छाड्नेहरूमा वीरेन्द्रलाल कर्ण, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रूपनारायण यादव, भिखारीलाल यादव,महेन्द्र बस्नेत, गोपी ठकुरी, डोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे, ध्रुव थापा छन् ।

    केन्द्रिय सदस्यता पाउनेमा बाराका बृजलाल यादव, सिन्धुपाल्चोकका विष्णुविक्रम थापा, भोजपुरका बाबुराम बस्नेत र काठमाडौंका किरण गिरीको सम्भावना बलियो छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend