आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
आजको विशेष

पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश, देउवाले गरे भब्य स्वागत

पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश, देउवाले गरे भब्य स्वागत

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 10.6K
    SHARES

  • पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश, देउवाले गरे भब्य स्वागत

    काठमाडौं - पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश गरेका छन् ।

    कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता काँग्रेसमा प्रवेश गरेका र अन्य जिल्लाबाटै प्रवेश गर्ने जानकारी दिइएको छ ।

     पार्टी प्रवेश गर्ने सबैलाई काँग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् ।उपसभापति बिमलेन्द्र निधिले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।

    यस्तै नवप्रवेशीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएका थिए । आजको दिन ऐतिहासिक भएको समेत बताउँदै कांग्रेस नेता बिमलेन्द्र निधिले सूर्यबहादुर थापाको खुलेर प्रशंसा गरे ।

    सूर्यबहादुर थापाको राजनीतिबारे पक्ष र विपक्षमा वहस भए पनि नेपाली राजनीतिकमा उनको ठूलो योगदान रहेको निधिले बताए ।

    सुनील थापासहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नरायणा राउत र ईन्द्रबहनदुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरु सबै राप्रपाका प्रभावशाली नेता भएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend