काठमाडौं– सुनिल थापाले छोडेपछि राप्रपामा पहिरो नै गएको छ। शनिवार पूर्वमन्त्री थापा सहित ३१ जनाले राप्रपा परित्याग गरेका थिए।
उनीहरू भोली (मंगलबार) कांग्रेस प्रवेश गर्दैछन्। थापा सहितको संयुक्त राजिनामा स्वागत गर्दै सोमबार थप २६ जनाले राप्रपा परित्याग गरेका छन्।
उनीहरुले राप्रपा सर्वसत्तावादी, घोर दक्षिणपन्थी र प्रतिगमन तर्फ अग्रसर रहेको आरोप समेत लगाएका छन्। राप्रपाका केन्द्रीय लेभलकै नेताहरुको पार्टी परित्यागपछि देशभर राप्रपा परित्याग गर्नेको संख्या समेत थपिदै गएको छ।
धनकुटा र भोजपुरमा मात्रै ६ हजार राप्रपा कार्यकर्ता कांग्रेस प्रवेश गर्ने तय भएको छ। यस्तै ७७ जिल्लाकै थापा निकट राप्रपा कार्यकर्ता कांग्रेस प्रवेश गर्ने र उनीहरुको समायोजन गर्ने सहमति बनिसकेको स्रोतको दावी छ।
थापालाई कांग्रेसले सहमहामन्त्री बनाउने बुझिएको छ। तर, यस विषयमा सहमति भने बनिसकेको छैन। यस्तै केही नेताहरुलाई केन्द्रीय सदस्य समेत बनाउने तयारी भएको छ।
थापा पहिले कांग्रेस प्रवेश गर्ने र त्यसपछि मात्रै पदिय बाँडबाडमा सहमति जुटाउने तयारी भएको एक कांग्रेस केन्द्रीय सदस्यले जानकारी दिए।
यस्तो छ सोमबार राप्रपा परित्याग गर्नेहरुको नामवली
१. रामकृष्ण भट्टराई मोरंग उच्चस्तरियकार्य सम्पादन समिति सदस्य एवं केन्द्रिय सदस्य
२. डा. सुरेश बस्नेत भोजपुर केन्द्रिय सदस्य
३. प्रतिमा राणा क्षेत्री रुपन्देही पूर्व केन्द्रिय सदस्य
४. उर्किन शेर्पा सिन्धुपाल्चोक क्षेत्रीय सदस्य
५. टंक उप्रेती झापा राप्रपा बुद्धिजिवी संयोजक
६. प्रताप पाख्रिन पर्सा युवक केन्द्रिय सदस्य
७. कृष्ण बहादुर भट्टराई मोरंग पूर्व केन्द्रिय सदस्य
८.रामकृष्ण सुवेदी मोरंग जिल्ला कार्य समिति प्रवक्ता
९. अशोक मिश्र मोरंग आमन्त्रित केन्द्रिय सदस्य
१० रुद्र बहादुर कार्की मोरंग केन्द्रिय पार्षद
११. मोहम्मद शैलुन मिया मोरंग निर्वाचित जिल्ला सदस्य
१२. गोपाल बहादुर दाहाल मोरंग गाविस अध्यक्ष
१३. गुरु प्रसाद सञ्जेल मोरंग सुन्दर हरैचा नगर पूर्व अध्यक्ष
१४.पाल खड्का मोरंग जिल्ला सदस्य
१५.देवी प्रसाद प्रसाई मोरंग क्षेत्रीय सदस्य
१६. अनन्त भट्टराई मोरंग वडा सदस्य
१७. निलम बहादुर भट्टराई मोरंग वडा सदस्य
१८. ठहर सिंह दाहाल मोरंग गाउँ इकाई सदस्य
१९. प्रेम बहादुर खड्का मोरंग गाउँ पालिका सदस्य
२०. लक्ष्मण थापा मोरंग जिल्ला सदस्य
२१. केदार कार्की रामेछाप केन्द्रिय पार्षद
२२. भोजपुर जिल्लाका केहि जिल्ला सदस्य
२३. भोजपुर जिल्लाका क्षेत्र नं. १ को क्षेत्रीय अध्यक्ष
२४. राज कुमार तामाङ सहित सम्पूर्ण सदस्य
२५. भोजपुर जिल्लाका क्षेत्र न.२ को क्षेत्रीय अध्यक्ष सहित सम्पूर्ण सदस्य
२६. रोमहर्ष भण्डारी (दाङ, पुर्ब केन्द्रीय सदस्य राप्रपा) ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।