काठमाडौं– नेपाली कांग्रेसमा अनुशासन आयोगको कारबाहीले खैलाबैला मच्चिएको छ। गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीको निर्णय उल्लंघन गरेको आरोपमा पाँच वर्षका लागि निलम्बन गरिएपछि पार्टीभित्र खैलाबैला भएको हो।
समितिको यो निर्णयलाई कांग्रेस नेताहरु शेखर कोइराला, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजालले विरोध गरेका छन्।
आफ्नै पार्टीका महत्वपूर्ण नेताहरूलाई कारबाही गरेको कांग्रेसले मंगलबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापालाई पार्टी प्रवेश गराउँदै छ ।
पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा।शशांक कोइराला र पूर्णबहादुर खड्काको उपस्थितिमा पार्टी कार्यालय सानेपामा थापालाई भित्र्याउने तयारी भएको छ । थापालाई सहमहामन्त्री बनाउने आश्वासन कांग्रेस नेतृत्वले दिएको बुझिएको छ।
। थापा धनकुटा र भोजपुरको कार्यसमितिसहित केही केन्द्रीय सदस्य लिएर कांग्रेस प्रवेश गर्न लागेका हुन्।थापाले राप्रपामा गणतन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए। वैचारिक मतभेदका कारण उनी राप्रपा छाडेर कांग्रेस प्रवेशको तयारीमा जुटेका हुन्।
शनिवार थापासँगै केन्द्रीय सदयहरू विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साहले पार्टीबाट राजीनामा दिएका छन् ।
यसैगरी पार्टी छाड्नेहरूमा वीरेन्द्रलाल कर्ण, नारायण राउत, इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रूपनारायण यादव, भिखारीलाल यादव,महेन्द्र बस्नेत, गोपी ठकुरी, डोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे, ध्रुव थापा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।