काठमाडौं - ललितपुरमा पनि एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ ।
आइतबार मात्र बागमती गाउँपालिकाका चार दर्जन बढी एमालेलगायतका विभिन्न पार्टीका नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस बागमती गाउँपालिकाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा लामो समयदेखि एमालेमा आबद्ध मुकुन्द दाहाल, सरस्वती दाहाल, केदार दुलाल, कुमार जिम्बा, राजु बजुलगाएत अन्य पार्टीबाट करिब ५० जना कांग्रेसमा प्रवेश गरेको ललितपुर कांग्रेस नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।
महर्जनले कार्यक्रममा सम्बोधन गर्दै सधै आफुलाई कांग्रेस हु भन्दै चुनाबको बेलाचै कम्युनिस्टलाई भोट हाल्ने नेताहरुलाई कारबाही हुन् पर्ने माग गरेका छन् । उनले यस्ता नेताहरुबाट बच्नु पर्ने जानकारी दिएका छन् ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले उनीहरूलाई खादा लगाएर कांग्रेस प्रवेश गराएकी थिइन् । बागमती गाउँपालिका कांग्रेसले जितेको स्थानीय तह हो । जहाँ कांग्रेसले राम्रो काम गरेको छ ।








मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।