आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

दिउँसै रात पार्ने ओलीजी सूर्यकुमारी खोज्दै हिँड्नुभएको छ : कांग्रेस नेता खतिवडा

दिउँसै रात पार्ने ओलीजी सूर्यकुमारी खोज्दै हिँड्नुभएको छ : कांग्रेस नेता खतिवडा

  • मिडिया डबली
  • आइतवार, चैत्र २० २०७८

  • 5.3K
    SHARES

  • दिउँसै रात पार्ने ओलीजी सूर्यकुमारी खोज्दै हिँड्नुभएको छ  : कांग्रेस नेता खतिवडा

    धनकुटा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफ्ना पार्टीका साथीहरूलाई लखेटेर केपी ओलीले सूर्यकुमारी खोज्दै हिँडेको भन्दै दुईतिहाई जनमतको अपमान गर्नेहरूलाई भोट नदिन आग्रह गरेका छन् ।

    शनिबार धनकुटामा नेपाली कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै खतिवडाले ६ महिनामा २ पटक संसद विघटन गर्ने एमाले र केपी ओलीहरू जनतासँग कुन मुख लिएर भोट माग्न आउँदैछन् भनेर प्रश्न गरेका छन् ।

    उनले जनताले दिएको झण्डै दुईतिहाई बहुमतलाई चौबाटोमा लगेर फालेर ओली र एमालेहरू उत्तानो परेको बताए । ‘कम्युनिस्टलाई दुईतिहाइ दिनुभयो साढे तीन वर्षमा नपुग्दै चौबाटोमा ल्याएर आफ्नै सरकार फाले ।

    फेरि भोट माग्न आउँदैछन्’, उनले भने, ‘फेरि के भनेर भोट दिने ? फेरि भोट माग्न आउने रे ? को माग्न आउने ? केपी ओली आउने रे ?’ उनले भने, ‘संसदमा दुईतिहाई बहुमत दिँदा छ महिनामा दुई पटक संसद बिघटन गर्ने, संसद चाहिएन है भन्ने फेरि संसदका लागि जनताको सेवा गर्नको लागि भोट चाहियो भन्दै आउने, के सेवा गरे ? तपाईहरूले देख्नुभयो ।

    उनीहरू बाटो बनाउने भनेर रुख काट्छन्, हामी रुख बचाएर बाटो बनाउँछौं । रुख काट्नेलाई भोट दिने कि बाटो बनाउनेलाई ?’, खतिवडाले भनेका छन् । ‘केपी ओली कहिँ पनि केही नपाएर सूर्यकुमार खोज्दै हिँडेका रहेछन् । सूर्यकुमारी रे नाम ! आजसम्म के–के नाम थियो मैले विर्सिए त्यो नाम । को हो सूर्यकुमारी भन्ने ?’, खतिवडाले भने, ‘आफ्ना पार्टीका नेता झलनाथ खनाललाई बारीको पाखामा पल्टाए, अर्को नेता माधव नेपाललाई लखेटे, आफ्ना पार्टीका मान्छे राख्न नसकेर सूर्यकुमारी र घामकुमारी खोज्दै हिँड्छन् ।’

    उनले भने, ‘जसले दिउँसै अन्धकार पारेर जनतालाई रात पारिरहेको छ, त्यसले सूर्यकुमारी ल्याएर उज्यालो बनाउन सक्छ ? सक्दैन ।’ ‘कांग्रेस नेतृत्वको सरकारले जे बोलेको छ त्यो गरेको छ’, उनले भने, ‘२० वर्ष हुन नसकेको चुनाव कांग्रेसले गरेर स्थानीय सरकार बनाइदियो ।’

    ‘केपी ओलीले विकास हेर्न धनकुटा हेर्न जाऔँ भनेर बेलाबेलामा भन्ने गर्नु हुन्थ्यो । रोल्पा गए धनकुटा जाऔँ, धनकुटा गए म्याग्दी जाऔँ भन्ने, म्याग्दी गए इलाम जाऔं भन्ने, धनकुटाको सातै वटा स्थानीय तहमा आएर विकास हेरेको यहाँका जनप्रतिनिधि त ४० प्रतिशतका जनप्रतिनिधि रे ! के हो ४० प्रतिशत भनेको भनेर सोधे ? सांसद विकाश कोषको पैसा पनि ४० प्रतिशत दिएपछि मात्रै गाउँमा दिने रे ! त्यो पैसा पनि आफै राख्ने जनप्रतिनिधि रहेछन् । अनि तपाईको विकास हुन्छ ? काम हुन्छ ? हुँदैन’, नेता खतिवडाले भनेका छन् । ‘हामी कांग्रेससँग निहूँ खोज्ने कोही शासक नेपालमा टिक्न सकेनन् ।

    राणाले निहूँ खोज्यो हाम्रै हातबाट अन्त्य भयो । पञ्चायतले निहूँ खोज्यो हाम्रै हातबाट पञ्चायतको अन्त्य भयो । राजाले निहूँ खोजे हाम्रै हातबाट अन्त्य भए’, उनले चेतावनी शैलीमा ओलीलाई सचेत गराएका छन् ।

    ‘हिँजो बहुदल नमान्नेहरू बहुदलवादी भए, गणतन्त्र नमान्नेहरू गणतन्त्रवादी भए’, उनले भनेका छन् । ‘३ सय वर्ष राजतन्त्रमा शासन गरेका राजा त कांग्रेसको अगाडि टिक्न सकेनन्, हिँजोअस्ती सूर्यकुमारी लिएर हिँड्ने केपी ओली टिक्न सक्दैनन्’, खतिवडाले भनेका छन् । नेता खतिवडाले धनकुटाले सधैँ कम्युनिस्टलाई जिताएका कारण धनकुटाका जनता हारेको बताएका छन् ।

    ‘धनुकटाले ३० वर्ष कम्युनिस्टलाई जितायो । आफू सधैँ हा¥यो । अब कांग्रेसलाई जिताउनुस् । धनकुटाले पनि जित्छ । कांग्रेस पनि जित्छ, प्रजातन्त्र पनि जित्छ’, खतिवडाले भनेका छन् ।

    ‘तपाईहरूले कम्युनिस्टलाई जिताउनु भयो, के पाउनु भयो ? झण्डै दुईतिहाइ मतले कम्युनिस्टहरू संविधान सभामा संविधान बनाउन जानुभयो’, उनले भने, ‘संविधान त बनाउनु भएन । उहाँहरूले चार जना प्रधानमन्त्री बनाउनुभयो । कम्युनिस्टका प्रधानमन्त्री भनेर फोटो झुण्ड्याउनुभयो । भित्तामा नाम लेखाउनुभयो ।

    संविधान बनाउनुभएन ।’ ‘दोस्रो संविधान सभामा कांग्रेस पहिलो पार्टी बन्यो । कांग्रेस पहिलो पार्टी बन्नेवित्तिकै संविधानभासबाट सबैको संविधान बनायौँ’, उनले भनेका छन् ।

    ‘कांग्रेसलाई जहिले भूमिका दिनुभयो। हामीले सधैँ इमान्दारका साथ काम गरेका छौं’, उनले भनेका छन् । नेता खतिवडाले गठबन्धनलाई बचाएर प्रतिनिधि सभासम्मै लैजानुपर्ने बताएका छन् ।

    उनले भने, ‘गठबन्धनलाई स्थानीय तहदेखि प्रतिनिधि सभाको चुनावसँग मिलेर जान चाहन्छौँ । मिलेर जान चाहन्छौं’, उनले भनेका छन् ।

    कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाण, केन्द्रीय सदस्य सुनिलबहादुर थापा र आङगेलु शेर्पा, सभापति दिनेश राई, पूर्व मनोहरमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend