बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको विशेष

नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थोम्प्सन नियुक्त, को हुन् उनी ?

नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थोम्प्सन नियुक्त, को हुन् उनी ?

  • मिडिया डबली
  • बुधवार, चैत्र १६ २०७८

  • 4.2K
    SHARES

  • नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थोम्प्सन नियुक्त, को हुन् उनी ?

    काठमाडौं - नेपालका लागि नयाँ अमेरिकी राजदूत डिन थोम्प्सन नियुक्त भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार लामो समयदेखि अमेरिकी कूटनीतिक सेवामा रहेका थोम्प्सनलाई नयाँ राजदूतका रूपमा सिनेटमा प्रस्ताव गरेका हुन् ।

    अमेरिकी सिनेटले नाम अनुमोदन गरेपछि उनी नेपालका लागि राजदूत नियुक्त हुनेछन् । थोम्प्सनले वर्तमान राजदूत र्‍यान्डी बेरीलाई प्रतिस्थापन गर्नेछन् ।

    तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा नियुक्त बेरीले २०७५ साल कात्तिक ८ गते नेपालका लागि अमेरिकी राजदूतका रूपमा पदभार सम्हालेका थिए ।

    सामान्यतया अमेरिकी राजदूतको कार्यकाल तीन वर्ष हुने गरे पनि बेरीको कार्यकाल एक वर्ष थप गरिएको थियो । थोम्प्सन करिअर मिनिस्टर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुन् ।

    कूटनीतिज्ञका रूपमा उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसकेका छन् । अहिले उनी विदेश मन्त्रालयको दक्षिण तथा पूर्वी एसिया विभागमा ‘प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी’ का रूपमा कार्यरत छन् ।

    त्यसअघि उनी क्वालालम्पुरस्थित अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसनु का रूपमा कार्यरत थिए । त्यस्तै उनले रोमानियाका लागि अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसनकै रूपमा जिम्मेवारी सम्हालेका थिए ।

    त्यसअघि थोम्प्सनले कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतका रूपमा काम गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १६ २०७८१२:३२:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend