आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाल कराते महासंघ ‘कोमा’मा पुगिसक्यो, यसलाई सुधार्न महिले पहल गर्छु : मीनकृष्ण महर्जन

नेपाल कराते महासंघ ‘कोमा’मा पुगिसक्यो, यसलाई सुधार्न महिले पहल गर्छु : मीनकृष्ण महर्जन

  • मिडिया डबली
  • शनिवार, चैत्र १२ २०७८

  • 4.8K
    SHARES

  • नेपाल कराते महासंघ ‘कोमा’मा पुगिसक्यो, यसलाई सुधार्न महिले पहल गर्छु : मीनकृष्ण महर्जन

    काठमाडौं - राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष एवम् करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले नेपाल कराते महासंघ ‘कोमा’मा पुगिसकेको बताएका छन् ।

    शुक्रबार दशरथ रंगशालाको कभर्ड हलमा छाउनी शाखा डोजोद्वारा आयोजित पाँचौं जुनियर अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ प्रतियोगितामा मन्तव्य दिने क्रममा महर्जनले महासंघप्रति आक्रोश ब्यक्त गरेका हुन् ।

    उनले महासंघका पदाधिकारीहरू पदमा बसेर करातेलाई हित हुने कार्य केहि पनि नगरेको आरोप लगाए । महर्जनले खेलाडीहरूको भविश्यमाथि खेलवाड गर्ने करातेका पदाधिकारीहरूको कहिले भलो नहुने बताए ।

    कराते महासंघको अध्यक्ष शम्भु थापा २ वर्षदेखि बेपत्ता भएको र अहिलेसम्म सम्पर्कमा नआउँदा पनि राष्ट्रिय खेलकुद परिषद् मौन रहनुमा आफूलाई आश्चर्य लागेको उनले बताए ।

    कम्युनिस्टको सरकार हुँदा त्यस्तो व्यक्तिलाई अध्यक्ष बनाएर खेलकुद क्षेत्र तहस–नहस बनाउन खोजेको महर्जनको आरोप छ । आफू १२ वर्षको उमेरदेखि कराते खेलमा लागेर राष्ट्रिय खेलाडी हुँदै अन्तर्राष्ट्रिय खेलाडी र राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष समेत भएको उनले बताए ।

    त्यहि खेलकुद ब्याकग्राउन्डकै कारण आज देशभरिका खेलाडी तथा नेताहरूले आफूलाई चिन्ने गरेको महर्जनले बताए । अब यस्तो कोमा अबस्थामा रहेको कराते महासंघ पुनः जीवित गर्न आफू अग्रसर भएर लाग्ने महर्जनले बताएका छन् ।

    उनले राष्ट्रको पहिचान भनेकै खेलकुद रहेको बताएका छन् । ‘नेपालमा कराते १ नम्बरमा पर्छ । त्यसैले म अब कराते महासंघ कोमामा गएको टुलुटुलु हेरेर बस्न सक्दैन’, उनले भने, ‘मेरो निगरानी कराते महासंघमा रहनेछ ।’

    नेपाली कांग्रेसका लोकप्रिय युवानेताको रुपमा परिचित महर्जनले खेलकुद मन्त्री, खेलकुद परिषदका सदस्य सचिव खेलकुदको ज्ञान नै नभएको आउने गरेको कारण पनि खेलकुदको बिकास नभएको बताए । यस्त गलत निर्णयका कारण खेलाडीहरूको भबिस्य अन्धकारमा परेको महर्जनले बताएका छन् ।

    महर्जन खेलकुद हस्तीका रुपमा परिचित छन् । प्रतियोगिताको सभापतित्व छाउनी डोजोका प्रमुख प्रशिक्षक अन्तर्राष्ट्रिय रेफ्री महेश रञ्जितले गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend