काठमाडौं - स्थानीय तहको निर्वाचन आउन अब दुई महिना पनि बाँकी छैन । नेपाली कांग्रेसले एक महिने स्थानीय तह चुनावी अभियान सुरु गरेको छ ।
त्यसका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । यसबाट आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले उल्लेख्य सफलता हात पार्ने कांग्रेस ललितपुरका नेता मीनकृष्ण महर्जनको भनाइ छ ।
कांग्रेसले यस्तो अभियान सुरु गरेर राम्रो गरेको उनले बताए । पार्टीले खटाएको कामका साथै उनी व्यक्तिगत ढंगले पनि संगठन सुदृढीकरणमा होमिएका छन् । यतिबेला उनी फुलटाइम पार्टी संगठनमै क्रियाशील छन् ।
युवानेता महर्जन सानै उमेरदेखि सामाजिक कार्यमा लागेका हुन् । उनले ललितपुर जिल्लामा धेरै उदाहरणीय कार्य गर्दै आइरहेका छन् । अति विपन्न र गरिब जनताका दुःखमा उनले सहयोग गर्दै आएका छन् ।
विपन्न नागरिकका सन्तान विरामी भएमा उनले आफ्नो गाडीमा राखेर हस्पिटल पुर्याउनेदेखि आफूले सक्ने आर्थिक सहयोग गर्ने र हस्पिटलमा छुटसमेत गराउने गर्छन् । महर्जनले आर्थिक अवस्था कमजोर भएका छोराछोरीलाई निःशुल्क पढाइदिने गरेका छन् ।
नेता महर्जनले २०७२ सालमा नेपालमा भएको विनाशकारी भूकम्पको बेलामा पनि दक्षिण ललितपुरमा प्रत्येक गाउँगाउँमा पीडितलाई घरघरमा गई खाद्यान्न सामग्री उपलब्ध गराएका थिए । महर्जनले कोरोना महामारीको समयमा पनि विपन्न परिवार असहाय दैनिक ज्याला मजदुरीलाई ललितपुरको लगनखेल डोजोमा करिब दुई सयभन्दा बढीलाई दैनिक बिहान बेलुकी खाना खुवाएका थिए ।
अधिकांश गाउँमा मास्क स्यानिटाइजर वितरण गरेका थिए । धार्मिक क्षेत्रमा पनि उतिकै सकृय मानिन्छन् । महर्जनले २०६७ सालमा आफ्नो जन्मथलो गोदावरी नगरपालिका–११ स्थित करिब तीन सय वर्ष पुरानो चन्द्रभैरव मन्दिर गणेश मन्दिर जिर्णोद्वार गरेका थिए ।
त्यस्तै तीन सय वर्ष पुरानो ऐतिहासिक इखा पोखरीसमेत पुनर्निर्माण गरेका थिए । ललितपुरको महांकाल गाउँपालिका बुखेलमा राधाकृष्ण मन्दिर गोदावरी नगरपालिका देवीचौरमा महादेब पार्वती मन्दिर स्थापना गरेका थिए । महर्जन खेलकुद जगतमा पनि उत्तिकै लोकप्रिय मानिन्छन् ।
उनले करातेका अन्तर्राष्ट्रिय खेलाडी हुनुका साथै राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष रही निमित्त सदस्य सचिवसमेत चलाइसकेका छन् ।
महर्जन २०७४ सालको कम्युनिस्टहरूको गठबन्धनका बाबजुद पनि कांग्रेसकै नेताहरुको अन्तर्घातका कारण प्रदेश सांसदमा झिनो मतले पराजित भएका थिए ।
नेता महर्जन प्रधानमन्त्री एंव नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का निकट मानिन्छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।