काठमाडौं - आफूलाई कांग्रेस, एमालेको वैकल्पिक पार्टी भनेर गफ चुट्दै हिँड्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बचेखुचेको संगठन पनि ध्वस्त पार्न लागेका छन् ।
पार्टी संगठन बनाउन सक्ने र जनआधार भएका एक एक नेतालाई उनले पार्टीबाटै धमाधम निकाल्न थालेका छन् । यसअघि उनले मिलन पाण्डेलगायतलाई निकालेका थिए ।
मिश्रले मंगलबार सांसदसहित २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएका छन् । यसमा प्रदेश सांसद रमेश पौड्याललगायत मूल बाटो नामक दस्तावेज ल्याउने नेताहरू रहेका छन् ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिष खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
यसैगरी, रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोजप्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको छ ।
चारवटा केन्द्रीय समितिका बैठकमा लगातार अनुपस्थित रहेका, बारम्बार लेबीका लागि अनुरोध हुँदा पनि नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।