आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवीन्द्र मिश्रले राजा ल्याउनुपर्ने विचार अघि सारेपछि राप्रपा अध्यक्ष लोहनीले राखे पार्टी एकताको प्रस्ताव

रवीन्द्र मिश्रले राजा ल्याउनुपर्ने विचार अघि सारेपछि राप्रपा अध्यक्ष लोहनीले राखे पार्टी एकताको प्रस्ताव

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १५ २०७८

  • 5.0K
    SHARES

  • रवीन्द्र मिश्रले राजा ल्याउनुपर्ने विचार अघि सारेपछि राप्रपा अध्यक्ष लोहनीले राखे पार्टी एकताको प्रस्ताव

    काठमाडौं - नेपालमा वैकल्पिक राजनीतिक शक्ति गठन भएको देख्न चाहनेलाई लोप्पा खुवाइदिएका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई अहिले पूर्वराजावादीले हाईहाई गर्न थालेका छन् ।

    मिश्रले संघीयता खारेज, धर्मनिरपेक्षतामा जनमतसंग्रहको प्रस्ताव गरेपछि उनलाई राजावादीहरूले प्रशंसा गरेका छन् । त्यति मात्र होइन, मिश्रले राजालाई नेपालको विश्वासको प्रतीकसमेत भनेपछि उनको अहिले पार्टीभित्रै आलोचना हुन थालेको छ ।

    तर पूर्वराजावादीहरूले मिश्रको विवेकशील साझा पार्टीसँग एकता र सहकार्यको प्रस्ताव गर्न थालेका छन् । केही दिनअघि राप्रपा अध्यक्ष कमल थापाले मिश्रको निकै प्रशंसा गरेका थिए ।

    शुक्रबार राप्रपाकै अर्का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले मिश्रको पार्टीसँग एकता र सहकार्यको प्रस्ता गरेका छन् । लोहनीले मिश्रले नेपालको हिन्दु सनातन धर्म पहचानबारे गरेको टिप्पणी सकारात्मक भन्दै मिलेर जान प्रस्ता गरेका हुन् ।

    ‘हालै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रजीले नेपालको हिन्दु सनातन धर्म पहचानबारे गर्नुभएको टिप्पणी सकारात्मक छ।  अब यस दृष्टिकोणमा विश्वास गर्दै आएका र भविष्यमा यो बाटो अपनाउन चाहने दल र शक्ति हरुबीच राजनीतिक समझदारी र सहकार्यको संरचना बनाउने प्रयास गरी देशमा ‘सशक्त’ तेस्रो  शक्तिको निर्माण गरौं,’ लोहनीले सामाजिक सञ्जालमा प्रस्ताव गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ६ २०७८१०:५६:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend