आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

लोकप्रिय नेता खतिवडा धनकुटा पुगेपछि कम्युनिस्टहरुमा सन्नाटा, कांग्रेस प्रवेश गर्नेको लर्को !

लोकप्रिय नेता खतिवडा धनकुटा पुगेपछि कम्युनिस्टहरुमा सन्नाटा, कांग्रेस प्रवेश गर्नेको लर्को !

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २९ २०७८

  • 8.8K
    SHARES

  • लोकप्रिय नेता  खतिवडा धनकुटा पुगेपछि कम्युनिस्टहरुमा सन्नाटा, कांग्रेस  प्रवेश गर्नेको लर्को !

    धनकुटा - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट भनेका भगवान पशुपतिनाथलाई पनि झुक्काउनेहरू रहेको टिप्पणी गरेका छन् ।

    शनिबार धनकुटा कांग्रेसले शहीद भूमि गाउँपालिका– १ मा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले जनतालाई झुक्काएर लाभ लिएका कम्युनिस्टले पशुपतिनाथलाई पनि बेलाबेला झुक्काउने गरेको बताए ।

    कम्युनिस्ट नेता र पशुपतिनाथको कथा सुनाउँदै खतिवडाले भने, ‘विदेशमा उपचार गर्न गएका एकजना कम्युनिस्ट नेता चढेको पानीजहाज सुनामीमा पर्यो। ती नेताले पशुपतिनाथलाई सम्झिएर घर बेचेर दान गर्ने भागकल गरे ।’

    ‘ती कम्युनिस्ट नेताको घरमा कुकुर थियो । कुकुरको मूल्य ५ करोड राखे । घरको मूल्य १ रुपियाँ राखे । घर किन्ने व्यापारीले सोध्यो, कुकुरको मूल्य ५ करोड किन ? घरको मूल्य एक रुपियाँ किन ?’, खतिवडाले कथाभन्दै उल्लेख गरे, ‘ती कम्युनिस्ट नेताले कुकुर पालेका कारण मैले झापाबाट जिते, संसदीय दलको नेता बने । प्रधानमन्त्री बने । कुकुर भाग्यमानि छ । कुकुर किन्दा घर १ रुपियाँमा पाइन्छ ।’

    ‘घर बिक्री भयो । ती कम्युनिस्ट नेता पशुपतिमा गएर एक रुपियाँ चढाए । मेरो घर एक रुपियाँमा बिक्री भयो भने । पशुपतिनाथ भगवानलाई पनि कम्युनिस्टले ढाँटे’, खतिवडाले भने, ‘कम्युनिस्ट भनेका झुठ बोलेर जनतालाई भ्रममा पारेर शासन गर्नेहरू हुन् ।’

    अबको निर्वाचनमा धनकुटा जिल्लामा कम्युनिस्टलाई हराएर कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेर जिताउन उनले अपील गरेका छन् । ‘कांग्रेस यस्तो पार्टी हो । जसले सबैलाई उचित सम्मान गर्छ । सबै जातजाती, धर्मलाई सम्मान गर्छ’, खतिवडाले भने, ‘यो पार्टी बलबहादुर राई, भूबिक्रम नेम्वाङ, भीमबहादुर तामाङको पार्टी हो ।’

    ‘शहीद भूमिमा आउँदा, यो राई भूमिमा आउँदा ती नेताहरूलाई सम्मान गर्न चाहन्छु’, उनले भने, ‘नेपाली कांग्रेसले जन्माएका ती नेताहरू उच्च सम्मानमा पुग्नुभयो ।’

    उनले भने, ‘२५ प्रतिशत राईको बसोबास भएको धनकुटाको छिन्ताङमा आएर नेपाली कांग्रेसको चारतारे झण्डामुनि उपस्थित गराएर रातो टीका लगाउन पाउँदा सभापति शेरबहादुर देउवा, दिनेश राई, सुनिलबहादुर थापासहित हामी सबै खुसी भएका छौं ।’ कांग्रेस नेता खतिवडाले निर्वाचनमा छाप लगाउने बेला एक पटक ‘रुख’मा भोट हालिदिन अनुरोध गरेका छन् ।

    ‘कम्युनिस्टले ३० वर्ष जित्दा कसैको परितर्वन भएन । कांग्रेसले जित्दा परिवर्तनको अनुभूति भएको छ’, उनले भनेका छन् । ओली कम्युनिस्टका सबैभन्दा धनी नेतामा पर्ने उनले टिप्पणी गरेका छन् ।

    ‘मेरो केही सम्पत्ति छैन भन्ने केपी ओलीको बालकोटमा घर छ । कम्युनिस्ट भनेका पशुपतिनाथलाई पनि ढाँट्छन् । छिन्ताङ देवीलाई ढाँटेर पनि शासन गरेका छन् । अब धनकुटामा कांग्रेसको विजयी हुनेछ ।’

    कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुनिलबहादुर थापा, सभापति दिनेश राई, पूर्वसभापति हरिकुमार राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    एमाले, माओवादीसहितका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराइएको थियो । छिन्ताङमा करीव १ सय जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १६ २०७८१०:५५:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend