काठमाडौं - अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन भइसकेको छ । अब यो कार्यान्वयनको चरणमा गएको छ ।
तर, एकीकृत समाजवादीमा भने एमसीसीको विषयले माहोल तातेको छ । एमसीसीलाई लिएर सो पार्टीमा दुई धार छ । अधिकांश नेता एमसीसीको पक्षमा छन् ।
तर, झलनाथ खनाललगायत केही नेता विरोधमा थिए । उनीहरूको विरोधका बाबजुद पनि एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएको छ ।
बुधबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी निर्णय भइसकेकाले एमसीसीबारे जथाभावी नबोल्न र नलेख्न चेतावनी दिएपछि विरोधमा रहेका नेताहरू आपतमा परेका छन् ।
उनले फेसबुकमा केही नेताहरूले एमसीसीबारे जथाभावी लेखेको भन्दै अनुशासनको कारबाही गर्ने चेतावनी दिएपछि खनाललगायतका नेता झसंग भएका हुन् ।
नेता झलनाथ खनालले एमसीसी कार्यान्वयनमा गएमा कम्युनिस्ट विरोधी हुने जिकिर गरे । यसलाई सामान्य रूपमा नलिन भन्दै हतारहतार पारित भएकोमा प्रश्न गरे ।
उनले अहिलेकै अवस्थामा एमसीसी कार्यान्वयन भएमा अमेरिकी हित माथि रहने र चीनविरोधी हुने तर्क गरे । खनालले एमसीसीबारे विवाद नगर्ने हो भने चुनावसम्म स्थगित गर्न प्रस्ताव गरे । खनाललाई समेत इंगित गर्दै नेता नेपालले बाहिर बोल्दा पार्टीलाई नोक्सान पर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।