काठमाडौं - बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई मातृशोक परेको छ ।
श्रेष्ठकी आमा रूपादेवी श्रेष्ठको बुधबार निधन भएको हो । श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । पार्टीका विभिन्न नेताले शोक सन्तप्त परिवारलाई समवेदना दिएका छन् ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । नेता बानियाँले बुधबार दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री माननीय दीपेन्द्र श्रेष्ठज्यूको ममतामयी माता रुपादेवी श्रेष्ठको निधनको खबरले स्तब्ध बनाएको छ । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ बानियाँले भनेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।