काठमाडौं - भक्तपुरलाई नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ । अहिलेसम्म नेमकिपाले भक्तपुरमा संघीय सांसद हारेको छैन ।
नेमकिपाका नेता कार्यकर्ता हत्तपत्त अर्को पार्टीमा प्रवेश गर्दैनन् । तर यसपटक भने भक्तपुरबाटै नेमकिपालाई धक्का लाग्ने क्रम सुरु भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीका नेमकिपा समर्थक केही युवाहरुसहित अन्य दल निकट व्यक्तिहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
ताथलीमा नेपाली काँग्रेस वडा नम्बर ९ ले आयोजना गरेको एक कार्यक्रममा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ, कांग्रेसका भक्तपुर सभापति दुर्लभ थापालगायतका नेताहरुले स्वागत गरेका थिए ।
पार्टी प्रवेश गर्नेहरुमा ताथलीका रोहित सुवाल, राजेन्द्र बोयजू, कृष्णप्रसाद फैजू, विष्णुप्रसाद फैजू, गायत्रीमाया श्रेष्ठ, जयराम फैजू, विष्णुप्रसाद छुकां, सुनिता विक, एलिना थापा, निरा कार्की राउत, भवानी पराजुली थापा, भुवन खड्का, बिलबहादुर सुवाल, दिशा सुवाल, दिपन्द्र सुवाल, सृजना फैजू, राज खड्का, रामबहादुर बस्नेत, दिनेश थापा र हरिशरण थापा छन् ।
पार्टीको क्षेत्रीय सदस्य सुरेशराज गिरीले नेपाल मजदुर किसान पार्टीमा आस्था राखिरहेका १०र१२ जना र अन्य दललाई समर्थन गर्दै आएकाहरुले नेपाली कांग्रेस प्रवेश गरेको जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।