काठमाडौँ- पछिल्लो समयमा सर्भाधिक रुचाइएका गायक अलिफ खानको लोकदोहोरी गीत ‘फसे मायालु...' रिलिज भएको छ । बुधबार रिलिज गरिएको उक्त गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो।
गीतमा लोकप्रिय गायक तथा गीतकार मोहन खड्का,अलिफ खान, गायिका सुनिता बुढा क्षेत्रि र शान्ति श्री परियारको दमदार आबाज रहेको छ ।
सर्जक नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर गायक मोहन खड्काले नै गीतको संगीत गरेका छन् । कमल सौरागको संगीत संयोजन रहेको गीतको भिडिओमा पुरुषले महिलालाई मन पराईएको भन्ने कथा समावेश गरिएको देख्न सकिन्छ।
भिडिओमा अहिले पछिल्लो समयमा अत्यन्तै रुचाइएका चर्चित निर्देशक तथा मोडल सुनिल क्षेत्री र आयुष्मा कार्कीको दमदार अभिनय देख्न सकिन्छ।
करण चैसिरको छायांकनमा तयार पारिएको भिडिओमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ। बिकाश ज्ञावालीको सम्पादन रहेको भिडिओ अलिफ खानको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।