आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मोहन र निताको स्वरमा 'मजुर ...’ (भिडियो)

मोहन र निताको स्वरमा 'मजुर ...’ (भिडियो)

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 9.1K
    SHARES

  • मोहन र निताको स्वरमा 'मजुर ...’ (भिडियो)

    काठमाडौँ- गायक मोहन खड्काको ‘मजुर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सर्जक नेत्र अर्यालको शब्दलाई टप्पक टिपेर गायक खड्काले नै गीतको संगीत गरेका हुन् । 

    बिनोद बाजुरालीको संगीत संयोजन रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन्।

    गीतमा गायक मोहन खड्का र निता पुनको सुमधुर स्वर रहेको छ। मेरी आमा म्युजिक कम्पनिले आज मात्र सार्बजनिक गरेको उक्त भिडियोले छोटो समयमा नै धेरै चर्चा बटुल्न सफल भएको छ । 

    उक्त भिडियोमा कलाकारहरु ओबी रायमाझी र दिभ्यानी ओलीले मोडलिङ गरेका छन्। भिडियोको सिनेमाटोग्राफि करण चैसिर र उनको टिमले गरेको हो।

    मोहन खड्काको आफ्नै अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरिएको उक्त भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् । 

     सानै उमेरदेखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक खड्काको ‘रुदै रुन्न म' चिसो महिना पुषैको' न्याउली चरी' आशु झारेर' बर ढल्यो' बालै फरर' नै जाले मायाले' नजाउँन पियारा' रुने भयो काम' मन परेको भेना ‘ जस्ता दर्जनौं गीतले चर्चा पाईसकेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख १८ २०७९०५:२६:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend