काठमाण्डौ – पछिल्लो समयमा ब्यापक चर्चामा रहेका गायक तथा सर्जक तेजश रेग्मी र सुनिता बुढा क्षेत्रिको आवाजमा लोकदोहोरी गीत 'रुमाल धोइरहनी...' रिलिज भएको छ ।
बुधबार तेजश रेग्मी नामक युटुब च्यानल मार्फत रिलिज गरिएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो । तेजश रेग्मीको लय तथा शब्द रहेको गीतलाई एच बि एन किस्मतले संगीत संयोजन गरेका हुन् ।
निर्देशक प्रकाश भट्टको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल अर्जुन गौतम र गरिमा शर्माको दमदार अभिनय देख्न सकिन्छ । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको भिडिओलाई दिपक गिरीको छायाँकन गरेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।