सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस मकवानपुर अधिवेशन : इन्द्र बानियाँको साथ् कसलाई ?

कांग्रेस मकवानपुर अधिवेशन : इन्द्र बानियाँको साथ् कसलाई ?

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १६ २०७८

  • 7.6K
    SHARES

  • कांग्रेस मकवानपुर अधिवेशन : इन्द्र बानियाँको साथ् कसलाई ?

    हेटौंडा - नेपाली कांग्रेसको जिल्ला अधिवेशन अन्तर्गत आज मकवानपुरमा निर्वाचन हुँदैछ । मकवानपुरको नेतृत्वको लागि ३ जनाले उम्मेदवारी दिएका छन् ।

    सभापतिमा बुद्ध लामा, आनन्दराम पराजुली र जयराम लामिछानेले प्यानलसहित उम्मेदवारी दिएका छन् । मकवानपुरको निर्वाचनमा अन्तिम समयसम्म सहमतिको प्रयास गरेपनि सम्भव नभएपछि बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले समावेशिताको आधारमा टिम बनाई सहयोग गरेका छन् ।

    कार्यवाहक सभापति विष्णु लामिछानेलाई सभापति र सभापतिका आकांक्षी बुद्ध लामा र आनन्दराम पराजुलीलाई उपसभापति र जयराम लामिछानेलाई आगामी चुनावमा उम्मेदवार बनाउने गरि बानियाँले सहमतिक‍ो प्रयास गरेका थिए । .

    पार्टीमा लामो त्याग भएका बिष्णु लामिछानेलाई सभापति बनाए सर्वसम्मत हुन दिने बुद्ध लामा र संस्थापन इतरका जयराम लामिछानेले प्रतिवद्धता जनाए पनि निवर्तमान नगरसभापति रहेका आनन्दराम पराजुलीले नमानेपछि बानियाँले समावेशी समूह बनाएका छन् ।

    पराजुलीलाई सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको साथ रहेको छ । बानियाँ र उपाध्याय दुबै केन्द्रमा संस्थापन पक्षका हुन् । सहमतिको प्रयास असफल भएपछि आफ्नो कार्यकालमा झैं बानियाँले समावेशी टिम बनाएका छन् ।

    बानियाँको समर्थनमा सभापतिमा बुद्ध लामा, उपसभापतिमा रामबाबु बानियाँ र गोपिलाल विश्वकर्मा, सचिवमा प्रदिप कोइराला र अर्जुनप्रसाद चौलागाईं र सहसचिव अर्जुन तिवारी र ताराचन्द्र बजगाई रहेका छन् भने सदस्यमा पनि समावेशी सिद्धान्त र भौगोलिक क्षेत्रका आधारमा प्रतिनिधित्व रहेको छ ।

    जनजातिको बाक्लो बसोबास रहेको मकवानपुरमा तीन दशकपछि तामाङ समुदायबाट कांग्रेस मकवानपुरलाई नेतृत्व गर्ने अवसर मिलेको एक जनजाति अगुवाले जनाए । यसअघि सूर्यबहादुर डिम्डुङ २०४६ अघि कांग्रेस मकवानपुरको नेतृत्व गरेका थिए । त्यस्तै पदाधिकारीमा दलित समुदायको उम्मेदवारी समेत बानियाँले समर्थन गरेको समूहमा रहेको छ ।

    यसअघि अघिल्लो अधिवेशनमा पनि बानियाँले आफू सभापतिको उम्मेदवार हुँदा आफ्नो टिममा समावेशी सिद्धान्त अनुसार दलित, जनजाति, पुराना, नयाँ पुस्तालाई समेटेर कार्यकाल सम्पन्न गर्दै मकवानपुरमा कांग्रेसमय बनाएका थिए ।

    संसदीय दलका नेता समेत रहेका बानियाँले प्रदेश सरकारमा पनि चेपाङ समुदायबाट पहिलो पटक सन्तबहादुर प्रजालाई राज्यमन्त्री बनाएका छन् भने दलित महिलाबाट कल्पना नेपालीलाई मन्त्री बनाएका छन् ।

    बानियाँले सधैं समावेशी सिद्धान्त, त्याग, समर्पण र धैर्यतालाई पार्टी राजनीतिमा विशेष ध्यान दिने गरेको मकवानपुरका कांग्रेसहरूको अनुभव छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १४ २०७८०२:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend