काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी अनुदान सम्झौता (एमसीसी) संसदबाट अनुमोदन भएमा चीनलाई असर पर्ने टिप्पणी गरेका छन्।
आइतबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफलमा सहभागी हुँदै नेता खनालले अमेरिका 'चल्तीको शिखर'बाट तल झर्न खोजिरहेको पनि बताएका छन्।
‘चीन राइज गर्दै छ। चीन राईज भएकोमा अमेरिका आपत्ति गर्दै छ,’ खनालले भने, ‘चीनको राइज (उदय)लाई कसरी रोक्ने भन्ने चिन्ता छ? त्यसका लागि अमेरिकाले तिब्बत, हंङकङ बनाएको छ।’
अमेरिकाले एमसीसीका माध्यमबाट नेपालमा राजनीति गर्न खोजेको पनि खनालले टिप्पणी गरे। एमसीसीका विषयमा दफा दफामा छलफल गर्ने वातावरण बनाउन पनि खनालले प्रधानमन्त्रीसंग आग्रह गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।