काठमाडौं - यतिबेला नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसीको सबैभन्दा ठूलो विरोधी कोही छ भने त्यो एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल हुन् ।
हुन त नारायणकाजी श्रेष्ठ, भीम रावललगायत पनि छन् । तर, झलनाथ बुरुक्क उफ्रिनुको कारण भने अर्कै छ । जबकि २०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री र भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा एमसीसीसँग मिटिङ नोट गरेका थिए ।
उनीअघिका प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री र सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला एमसीसी सम्झौताका लागि नेपालले रुचि जाहेर गरेको थियो ।
अहिले तिनै नेता एमसीसीको नाम सुन्यो कि बुरुक्क उफ्रिने गर्छन् । एमसीसी सम्झौता भएमा पाँच वर्षका लागि ५५ अर्ब रुपैयाँ अनुदान सहयोग नेपालले पाउने छ ।
वार्षिक १० अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त हुँदा नेपालको विकास योजनाले मूर्त रूप पाउने अपेक्षा गरिएको छ । तर, व्यक्तिगत स्वार्थ र चीनको भित्री इन्ट्रेस्टका कारण झलनाथ, नारायणकाजी, भीम रावलले भाँजो हालिरहेका छन् ।
एमसीसी संसदमा टेबुल गर्न सहमति दिने माधव नेपालप्रति झलनाथ खनालको पछिल्लो असन्तुष्टि एमसीसीका सन्दर्भमा भन्दा पनि छोरा निर्भीक खनालको विज्नेसको विषयमा भएको सोही पार्टीका नेताहरूको बुझाई छ।
छोराको बिज्नेश डिल गर्न बेलाबेला आफैं चीन दौडिने झलनाथलाई अहिले छोराको ठेक्कापट्टा नलाग्ने पो हो कि चिन्ता छ ।
उनकै छोराले भैरहवा विमानस्थल निर्माणको ठेक्का लिँदा दुई वर्ष ढिलाइ भएको थियो । झलनाथले आफ्नो छोराको कम्पनीलाई ठेक्का नदिँदा केपी ओली प्रधानमन्त्री हुँदा उनको निकै विरोध गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।