सिन्धुली - सिन्धुलीका जंगली हात्तीपीडितलाई कांग्रेस बाग्मती प्रदेशले राहत वितरण गरेको छ ।
कांग्रेस सिन्धुलीको विशेष आग्रहमा प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बुधबार पीडितहरूलाई राहत वितरण गरेका हुन् ।
सिन्धुलिको कमलामाई नगरपालिकाको १३ र १४ नम्बर वडा र दुधौली नगरपालिकाको १, २, ३, ६ र ११ नम्बर वडाका गरी एक सय ४० घरपरिवारलाई राहत वितरण गरेका हुन् ।
केही समयदेखि कमलामाई र दुधौलीमा जंगली हात्तीको आक्रमणले स्थानीयको घर भत्काउनुका साथै अन्नबालीसमेत नष्ट गर्दै आएको छ । तिनै पीडितलाई कांग्रेसले रहात वितरण गरेको हो ।








मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।