सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेस बाग्मती सभापति बानियाँले बाँडे राक्सीराङ र मनहरीका ६ सय १० विपन्न परिवारलाई न्यानो कपडा

कांग्रेस बाग्मती सभापति बानियाँले बाँडे राक्सीराङ र मनहरीका ६ सय १० विपन्न परिवारलाई न्यानो कपडा

  • मिडिया डबली
  • बिहिवार, माघ २७ २०७८

  • 6.3K
    SHARES

  • कांग्रेस बाग्मती सभापति बानियाँले बाँडे राक्सीराङ र मनहरीका ६ सय १० विपन्न परिवारलाई न्यानो कपडा

    हेटौंडा - नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले मकवानपुरको विकट राक्सीराङ र मनहरी गाउँपालिकाका अति विपन्न चेपाङ तथा तामाङ समुदायका ६ सय १० परिवारलाई जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरेको छ ।

    कांग्रेस बागमती प्रदेश कार्यसमितिले मकवानपुरको राक्सीराङ गाउँपालिका १, ३ र ५ को टंगरङ, साझाबंगिम, निगुरेटार, चुरेडाँडा, ईन्द्रुङ, राम्चे, मैनटार डोटेलगायतका टोलका तीन सय चेपाङ तथा तामाङ घरपरिवारलाई बिहीबार न्यानो कपडा कम्वल वितरण गरेको हो ।

    यस्तै, मनहरी–४ नयाँबस्तीका बनकरिया, प्रजा, तामाङ, दलित समुदायका दुई सय घरपरिवार र मनहरी–३ लामिटारका एक सय १० घरपरिवारलाई न्यानो कपडा कम्वल वितरण गरिएको हो ।

    न्यानो कपडा वितरण कार्यक्रममा प्रतिनिधिसभा २ ख का प्रदेश सभापति रञ्जन कालाखेती, राक्सीराङ गाउँपालिका अध्यक्ष एवं कांग्रेस मकवानपुरका जिल्ला सदस्य राजकुमार मल्ल, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, राक्सीराङ गाउँपालिका सभाति बीरेन्द्र जिम्बा, मनहरी ३ का वडा सभापति रमेश पुरी, मनहरी ४ का वडा सभापति आईतसिं तितुङलगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश उपसभापतिद्वय मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्री कन्चनचन्द्र वादे, सहमहामन्त्रीहरु ऋषिराम घिमिरे, हरिशरण श्रेष्ठ, जीवन डंगोल, सदस्यहरु देवकी गौतम, कल्पना खड्का, जानुकी लामा, समाजसेवी होमनाथ चौलागाई, राक्सीराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङलगायत नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १४ २०७८०२:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend