काठमाडौं ।-नेपाल विद्यार्थी संघको अधिवेशन चाँडो तोक्न भन्दै विद्यार्थीहरूले नेताहरूलाई दबाब दिन थालेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले नेविसंघको अधिवेशन तत्काल गर्न माग गर्दै नेताहरूलाई दबाब दिन थालेका हुन् ।
विद्यार्थीहरूले मंगलबार महामन्त्री गगन थापालाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले नेविसंघलाई गतिशील बनाई क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको अधिवेशन सम्पन्न गर्न माग गरे ।
महामन्त्री थापाले अब बस्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघको महाधिवेशनबारे निर्णय गर्ने बताए । नेविसंघकी नेत्री शोभा बास्ताकोटी नेपाल विध्यार्थी संघलाई गतिशील र सशक्त बनाउन नेताहरूलाई ज्ञापनपत्र बुझाइएको बताइन् ।
‘आज नेविसंघमा आबद्ध विभिन्न क्याम्पसका कार्यकर्ताले संघको विधिवत र लोकतान्त्रिक प्रक्रियाबाट अधिवेशन गर्ने माहोलको सिर्जना गर्न नेविसघंको पृष्ठभूमिबाट नेपाली कांग्रेसको विभिन्न जिम्मेवारीमा पुगेका नेताहरुलाई अनुरोध पत्र प्रस्तुत तथा ध्यानाकर्षण गराएका छौं र अझै धेरै नेताहरुलाई ध्यानाकर्षण तथा अनुरोध गर्ने क्रम जारी ,’ उनले भनिन् ।
सोमबार कांग्रेस नेताहरु नैनसिंह महर, धनराज गुरूङ, बद्री पाण्डे र जीवन परियारलाई ज्ञापनपत्र बुझाइएको थियो । कांग्रेसले नेविसंघको वर्तमान कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गरेको छ ।
संघका अध्यक्ष राजीव ढुंगाना कांग्रेस केन्द्रीय सदस्य बनिसकेका छन् । त्यसैले चाँडो संघको अधिवेशन गराउन दबाब बढेको हो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।