आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

के हुँदैछ नेपाली सेनामा, मेजरको जागिर गयो, जर्नेल नै लागे प्रधानसेनापतिविरुद्ध

के हुँदैछ नेपाली सेनामा, मेजरको जागिर गयो, जर्नेल नै लागे प्रधानसेनापतिविरुद्ध

  • मिडिया डबली
  • बिहिवार, माघ ६ २०७८

  • 4.7K
    SHARES

  • के हुँदैछ नेपाली सेनामा, मेजरको जागिर गयो, जर्नेल नै लागे प्रधानसेनापतिविरुद्ध

    काठमाडौं - नेपाली सेनामा ‘चेन अफ कमान्ड’ कडा मानिन्छ । नेतृत्वको निर्देशनविना पात पनि हल्लिन भन्ने गरिन्छ । तर, पछिल्लो समय सेनामा अराजक गतिविधि बढ्न थालेको छ ।

    नेपाली सेना जतिजति व्यावसायिक बन्दै गयो, त्यति त्यति अराजकता पनि बढ्न थालेको छ । तल्लो तहका अधिकृत नै भ्रष्ट र अराजक बन्न थालेको विभिन्न घटनाक्रमले पुष्टि नै गरिसकेको छ । हालै मात्र स्थानीयसँग झगडा गरेका नेपाली सेनाका मेजरको जागिर खोसिएको छ ।

    कर्णाली चिसापानीमा स्थानीयसँग विवाद गरेका अशोक शाहीलाई सेनाले सेवाबाट हटाएको हो । गत कात्तिक २१ गते राति रक्सी खाएर चिसापानीमा स्थानीयसँग झगडा गरेपछि शाही विवादमा तानिएका थिए ।

    लामो छानबिन र अनुसन्धानपछि शाही दोषी देखिएका हुन् । सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत काम गरेको ठहर गर्दै सैनिक अदालत (कोर्ट मार्शल) ले सेवाबाट हटाउने फैसला गरेको हो ।

    पछिल्लो पटक गत २१ कात्तिकमा उनले मादक पदार्थ सेवन गरी ब्यारेकबाट निस्किएर स्थानीय युवासँग झगडा गरेका थिए । कैलालीको चिसापानीस्थित होटल संगममा शाही र होटल सञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका अन्य युवाबीच झगडा भएको थियो ।

    उनले सुरुमा ग्राहकसँग झगडा गरेका थिए । त्यसपछि ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न गएका थिए । नेपाली सेनाका उपरथी अनन्त कार्कीले भने प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध नै उजरी हालेका छन् ।

    उनले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रधानसेनापति शर्माले आफूलाई बाइपास गरी कनिष्ठ उपरथीलाई बढुवा गर्न सिफारिस गरेको भन्दै त्यसलाई कार्यान्वयन नगर्न अनुरोध गरेका छन् ।

    नेपाली सेनाका जर्नेलले प्रधानसेनापतिविरुद्ध प्रधानमन्त्रीसमक्ष उजुरी दिएको सम्भवतः पहिलो घटना भएको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १९ २०७७०६:२३:४७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend