काठमाडौं - प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोकेलगत्तै मुख्यमन्त्री लालबाबु राउतको पुत्ला दहन भएको छ ।
सोमबार बसेको प्रदेश २ सभाको बैठकले प्रदेशको नाम ‘मधेस प्रदेश’ र स्थायी राजधानी जनकपुरधाम तोकेको थियो ।
तर, वीरगन्जलाई स्थायी राजधानी नबनाएको भन्दै सोमबार साँझ वीरगन्जमा मुख्यमन्त्रीको विरोध गर्दै उनको पुत्ला दहन भएको हो ।
राउतले गत निर्वाचनमा वीरगन्जबाटै प्रदेश सभा सदस्य जितेका थिए । आफ्नै गृहनगरमा मुख्यमन्त्री राउतविरुद्ध नाराबाजी भएको हो ।
राउत जसपाका नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।