काठमाडौं - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको पेज, लेटर हेड तथा सामाजिक सञ्जालबाट कुनै पनि पर्वमा शुभकामना सन्देश दिन छुटाउँदैनथे ।
अधिकांश चाडपर्वमा छुट्टी पनि दिने गर्थे । कतिसम्म भने भारतको पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनमा समेत आफ्नो फेसबुक पेजबाट श्रद्धाञ्जली दिन नछुटाएका मुख्यमन्त्री राउतले आफ्नै देशको संविधान दिवसमा कुनै शुभकामना सन्देश दिन आवश्यकता ठानेनन् ।
जुन संविधानअनुसार मुख्यमन्त्री बने, त्यही संविधान दिवसमा एक शब्द पनि शुभकामना सन्देश नदिनुलाई लिएर केन्द्र सरकार असन्तुष्ट भएको छ । केही समययता प्रदेश २ सरकार पुनर्गठनको चर्चा चलेको छ ।
उनी जनता समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका हुन् । सो पार्टीले संविधान दिवस नमनाउने घोषणा गरेको छ । सोही कारण पनि राउतले शुभकामना सन्देश नदिएको बताइन्छ । तर, यस्तै रवैया अपनाइरहे कुनै पनि दिन उनको पद संकटमा पर्ने निश्चित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।