आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

  • मिडिया डबली
  • सोमवार, श्रावण ११ २०७८

  • 5.6K
    SHARES

  • जनकपुरमा मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन

    काठमाडौं – राष्ट्रिय एकता अभियानले धनुषाको जनकपुरमा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध प्रदर्शन गरेको छ ।

    अभियानका केन्द्रीय अध्यक्ष विनय यादव र उपाध्यक्ष सुनिता साहको नेतृत्वमा मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध प्रदर्शन गर्दै पुतला दहन गरिएको हो ।

    अभियानले जनकपुरको रामानन्द चोकबाट र्‍याली निकालेर भानुचोकमा पुगेर मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानको पुतला दहन गरेको हो ।

    अभियानले प्रदर्शनको क्रममा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउत र पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध चर्को नाराबाजी लगाएको थियो ।

    अभियानका केन्द्रीय अध्यक्ष यादवले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको बताएका छन् ।

    अभियानकी केन्द्रीय उपाध्यक्ष साहले पछिल्लो समय मुख्यमन्त्री लालबाबु राउतले शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिवान बनाउन खोजेको बताइन् ।

    अभियानका केन्द्रीय सदस्य जीतेन्द्र दासले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मदरसा शिक्षा विधेयक पाकिस्तानी प्रधानमन्त्री इमरान खानको इशारामा ल्याउन खाजेको बताएका छन् ।

    अभियानका अर्का केन्द्रीय सदस्य मनोज पासवानले मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई तालिबान बनाउनकै लागि मदरसा शिक्षा विधेयक ल्याउन लागेको बताए ।

    अभियानका वरिष्ठ नेता काशीन्द्र यादवले पछिल्लो समय मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सम्पर्कमा रहेको बताए ।

    अभियानकी केन्द्रीय सदस्य शर्मिंला महराले संघीय हिन्दू गणतन्त्रमाथि प्रहार गर्न मदरसा शिक्षा विधेयक ल्याउन खोजिएको बताइन् ।

    undefinedundefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ४ २०७८११:०७:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend