आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्री लालबाबु राउत गद्दीकै गृहजिल्लामा विरोध, प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप

मुख्यमन्त्री लालबाबु राउत गद्दीकै गृहजिल्लामा विरोध, प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप

  • मिडिया डबली
  • शनिवार, आश्विन ९ २०७८

  • 5.4K
    SHARES

  • मुख्यमन्त्री लालबाबु राउत गद्दीकै गृहजिल्लामा विरोध, प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप

    काठमाडौं – राष्ट्रिय एकता अभियानले वीरगन्जमा मुख्यमन्त्री लालबाबु राउत गद्दीको विरुद्ध विरोध प्रदर्शन गर्दै पुतला दहन गरेको छ ।

    मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप लगाउँदै अभियानले मुख्यमन्त्री राउतको गृह जिल्ला वीरगन्जमा उनको तस्बीर अंकित पोष्टर जलाएर विरोध गरिएको हो । 

    विरोध जुलुसमा सहभागिहरुले मदरशा विद्येयक खारेज गर, प्रदेश २ लाई तालिवान बनाउँन पाउँदैन, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतको नारा लगाएका थिए । वीरगन्जको माईस्थान मन्दिर अगाडीबाट निकालिएको विरोध जुलुस वीरगन्ज नगरपरिक्रममा गरी घण्टाघर चोकमा पुगि कोण सभामा परिणत भएको थियो ।

    कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले पाकिस्तानको ईसारामा नेपालमा मदरशा शिक्षा विद्येयक ल्याएर प्रदेश २ लाई तालिवान बनाउँन खोजेको आरोप लगाए । 

    पाकिस्तानका प्रधानमन्त्री ईमरान खानको दुत भएर आए.एस.आईको एजेन्टको रुपमा मुख्यमन्त्री राउत गद्दी काम गर्दे आएको र पाकिस्तानकै ईसारामा प्रदेश २ मा मदरशा शिक्षा विद्येयक ल्याएर तालिवान बनाउँन खोजेको आरोप लगाए । 

    उनले भने, नेपालमा सामुदायिक विद्यालय छन, विद्यालयहरुमा कुनै जातपात सोधेर शिक्षा प्रदान गरीदैन, शिक्षामा कुनै प्रकारको विवेद छैन तर पनि मदरशा शिक्षा विद्येयक ल्याउँनुको अर्थ के हो ? नेपाललाई ईस्लामिकरण तर्फ धकेल्न योजना अनुरुप शिक्षा विद्येयक ल्याईएको उनको आरोप छ ।

    241992529_379868533573070_4015633312567868559_n.jpg

    मुख्यमन्त्री गद्दीले शिक्षा विद्येयक खारेज नगरे प्रदेश २ मा मुख्यमन्त्री विरुद्ध आन्दोलनको आंधीवेरी ल्याउँने र मुख्यमन्त्रीलाई उखाडेर फाल्ने चेतावनी समेत उनले दिए । 

    अध्यक्ष यादवले, मुख्यमन्त्री गद्दीले ईस्लामिकरण गर्नकै लागि प्रदेश २ मा मदरर्शा, मस्जिद थप विस्तार गर्न १८ करोड भन्दा बढी रकम खर्च गरी सकेका छन तर यहाँ रहेका हिन्दुहरुको मठ मन्दिरमा ३ करोड रुपैया मात्र खर्च गरी विवेद ल्याएको आरोप समेत लगाए ।  
     
    अभियानका जिल्ला अध्यक्ष श्याम किशोर तिवारीको अध्यक्षतामा भएको विरोध कार्यक्रममा,  राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहा, हिन्दु अभियानता पुरुषोत्तम दुवे, डा. अनिल झा, ब्राहणसमाजका पूर्व अध्यक्ष देवनाथ उपाध्याय, लगायत हिन्दुवादी नेताहरुको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ४ २०७८११:०७:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend