आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

२ नम्बर प्रदेशका मुख्यमन्त्रीविरुद्ध आक्रामक बन्दै राष्ट्रिय एकता अभियान 

२ नम्बर प्रदेशका मुख्यमन्त्रीविरुद्ध आक्रामक बन्दै राष्ट्रिय एकता अभियान 

  • मिडिया डबली
  • बुधवार, आश्विन २० २०७८

  • 5.4K
    SHARES

  • २ नम्बर प्रदेशका मुख्यमन्त्रीविरुद्ध आक्रामक बन्दै राष्ट्रिय एकता अभियान 

    काठमाडौं – भ्रष्टाचारको आरोप लागेका २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीविरुद्ध राष्ट्रिय एकता अभियान आक्रामक बन्दै गएको छ ।

    अभियानले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै २ नम्बर प्रदेशका मुख्यमन्त्री राउतविरुद्ध ‘सुशासन जागरण कार्यक्रम’ घोषणा गर्दै विभिन्न आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

    अभियानले मुख्यमन्त्री राउत सहभागी कार्यक्रममा कालो झण्डा देखाएर विरोध जनाउने बताएको छ । विभिन्न सञ्चारमाध्यमबाट उजागर भइरहेका बहुस्तरीय भ्रष्टाचारका विषयमा सामाजिक सञ्जालमा शालिन विरोध गर्ने अभियानले जनाएको छ ।

    भ्रष्टाचारका प्रकरणसहित २ नम्बर प्रदेशमा मदरसा विधेयक तथा बजेट दुरुपयोग लगायतका सवालमा अभियानले आयोजन गर्ने विरोध र्‍याली, विरोध सभा र अन्य कार्यक्रममा सहभागिता जनाउँदै सुशासनप्रतिको जनचाहना प्रकट गर्ने बताएको छ ।

    अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एकता अभियान, आम नागरिकमा देशप्रेमी तथा संस्कृतिक राष्ट्रियता जागृत गराउँदै एउटा गौरवमय राष्ट्र निर्माण आम नेपालीको अभिभारा बनाउने लक्ष्य लिएर अगाडि बढेको सर्वविदितै छ । यसको साधनको रूपमा सुशासनको पक्षमा वकालत गर्दै, तीन तहका सरकारमध्ये कुनैद्वारा पनि राष्ट्रहित तथा जनहितका बर्खिलाप कार्य भएको पाएमा यसले गम्भीरतासाथ प्रतिवादको शैली पनि अवलम्बन गर्दै आएको छ । यसै सिलसिलामा २ नम्बर प्रदेशमा उजागर भइरहेका बहुस्तरीय भ्रष्टाचारका विषयहरूमा ध्यानाकर्षण गर्दै राष्ट्रिय एकता अभियान प्रदेश २ स्तरीय सुशासन जागरण कार्यक्रम घोषणा गर्दछ ।’

    243686100_388186289580862_3505682707014206006_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ४ २०७८११:०७:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend