आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन

मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 4.6K
    SHARES

  • मुख्यमन्त्री लालबाबु राउतविरुद्ध प्रदर्शन

    सिरहा – राष्ट्रिय एकता अभियानले सिरहाको लहानमा २ नम्बर प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतविरुद्ध प्रदर्शन गरेको छ ।

    अभियानका वरिष्ठ नेता काशीन्द्र यादवको नेतृत्वमा अभियानले मदरसा शिक्षा विधेयकको विरोध गर्दै मुख्यमन्त्री राउतको पुलला समेत दहन गरेको छ ।

    अभियानले लहान बजारबाट नयाँ घण्टाघर हुँदै निकालेको र्‍यालीमा मदरसा शिक्षा विधेयक फिर्ता गर, प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्री राजीनामा दे, सुरक्षा दिन नसक्ने मुख्यमन्त्री मुर्दावाद र संघीय हिन्दू गणतन्त्र जिन्दावाद भन्दै मुख्यमन्त्री राउतविरुद्ध चर्को नाराबाजी लगाइएको थियो ।

    विरोध कार्यक्रममा अभियानकी उपाध्यक्ष सुनीता साहले प्रदेशलाई तालिबान बनाउने मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताइन् ।

    उनले भनिन्, ’पछिल्लो समय मुख्यमन्त्री राउतले शिक्षा विधेयक ल्याएर प्रदेशलाई तालिबान बनाउन खोजेका छन् ।’

    अभियानका सिरहा जिल्ला संयोजक हेमन्त सिंहले २ नम्बर प्रदेशका मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिरहेको बताए ।

    विरोध कार्यक्रममा अभियानका अभियन्ता नविन गुप्ता, मनोज पासवान, अबिनाश गुप्ता र मनोज मेस्तर लगायतको उपस्थित रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ४ २०७८११:०७:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend