आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

गोकुल बास्कोटालाई पनि जिते योगेश भट्टराईले, बनाए नयाँ रेकर्ड !

गोकुल बास्कोटालाई पनि जिते योगेश भट्टराईले, बनाए नयाँ रेकर्ड !

  • मिडिया डबली
  • सोमवार, माघ ३ २०७८

  • 7.4K
    SHARES

  • गोकुल बास्कोटालाई पनि जिते योगेश भट्टराईले, बनाए नयाँ रेकर्ड !

    काठमाडौं -  दुई सातायता एमाले नेता योगेश भट्टराई मिडिया र सामाजिक सञ्जालमा रंगिएका छन् । उनका विषयमा विभिन्न ट्रोलसमेत बन्ने गरेका छन् ।

    १५ महिना पर्यटनमन्त्री बन्दा उनले गरेका निर्णयकै कारण अहिले भट्टराई नेपाली जनताको तारोमा परेका हुन् । यसअघि एमाले नेता गोकुल बास्कोटा पनि मिडिया र सामाजिक सञ्जालमा रंगिएका थिए ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएपछि बास्कोटा विवादमा मात्रै परेनन्, सञ्चारमन्त्रीबाटै हट्नु परेको थियो । त्यसपछि उनको निक नेम नै ‘७० करोड’ बन्न पुग्यो ।

    अहिले पनि बास्कोटालाई ‘७० करोड’ ले छाडेको छैन । बास्कोटाले केही कुरा सामाजिक सञ्जालमा लेखेपछि उनको प्रशंसा होइन, गालीका कमेन्ट धेरै आउने गरेका छन् । यस्तै नियति अहिले योगेशले बेहोरिरहेका छन् ।

    नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया बनाउन दिने निर्णय, पशुपति धर्मशाला भाडामा दिने निर्णय, नेपाल वायुसेवा निगमको अध्यक्ष बतास समूहका एकाउन्टेन्ट डिमप्रकाश पौडेललाई नियुक्त गर्ने निर्णय, ओम्नीलाई स्वास्थ्य सामग्री चीनबाट ल्याउन नेपाल एयरलाइन्स उधारोमा चार्टर्ड फ्लाइट दिने निर्णयका कारण योगेश विवादित बनेका छन् ।

    अहिलेका पर्यटनमन्त्री प्रेम आले जसरी पनि योगेशको राजनीतिक भविष्य सिध्याउने अभियानमा लागेकाले पनि मिडिया र सामाजिक सञ्जाल अहिले योगेशको विपक्षमा छ ।

    यदि अहिलेकै जस्तो अवस्था लामो समय गयो भने योगेश चुनावमा हार्ने निश्चित छ । जसरी गोकुल बास्कोटाको छवि विवादित बन्यो, त्यसरी नै योगेश पनि विवादमा परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७११:५१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend