शुक्रवार, माघ १४ २०७८Jan 28 2022

Logo
images
images
images
images
आजको विशेष

जसपा र लोसपा दुवै पार्टी फेरि फुट्दै, नेताहरूबीच नै बोलचाल बन्द

जसपा र लोसपा दुवै पार्टी फेरि फुट्दै, नेताहरूबीच नै बोलचाल बन्द

  • मिडिया डबली
  • बिहिवार, पौष २९ २०७८

  • 3.5K
    SHARES

  • जसपा र लोसपा दुवै पार्टी फेरि फुट्दै, नेताहरूबीच नै बोलचाल बन्द

    काठमाडौं - आन्तरिक विवादमा रुमल्लिएका नेपालका दुई मधेस केन्द्रित दल जसपा र लोसपा फेरि फुट्ने भएका छन् । पटक पटक विभाजन भएर रेकर्ड नै राख्दै जुट्दै गरेका दुई दलका नेताहरू आपसमै बोलचाल बन्द छ ।

    कतिसम्म भने जसपा विभाजन भएर नयाँ पार्टीका रुपमा मान्यता पाएको साढे चार महिना नपुग्दै लोसपामा दुई गुटबीच विभाजनको रेखा देखिन थालेको छ। भदौ ९ गते नै स्थापना भएको नेकपा एकीकृत समाजवादीले देशभर संगठन विस्तार गरिसक्दा महन्थ ठाकुर, राजेन्द्र महतोहरू आपसमै बोलचाल बन्द गरेर बसेका छन् ।

    images

    लोसपाले पार्टी कमिटीलाई पूर्णता दिनु त परै जाओस् एकपटक पनि केन्द्रीय कार्यकारिणी समितिको बैठक राख्न सकेको छैन। लोसपा विधानमा हरेक १५ दिनमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नुपर्ने उल्लेख छ। पार्टी कार्यालयमा अध्यक्ष ठाकुर दैनिक पुग्छन् र दुई तीन घण्टा बस्छन्। तर, बैठक राख्दैनन् । लोसपाका शीर्ष नेता राजेन्द्र महतो ठाकुरसँग असन्तुष्ट छन्।

    महतोले केन्द्रीय कार्यालयमा पाइला नटेकेको डेढ महिना भइसकेको बुझिएको छ। उनले आफ्ना नेता–कार्यकर्तासँग गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रमा भेटघाट गरिरहेका छन्।

    महन्थ ठाकुरले जिम्मेवारी दिँदा तत्कालीन तमलोपामै रहेका नेताहरुलाई महत्व लिएपछि महतोलगायतका नेता आक्रोशित भएका हुन् । त्यस्तै, जसपा पनि विघटनको दिशामा पुगेको छ ।

    बाबुराम भट्टराई, नवराज सुवेदी, अशोक राई, राजेन्द्र श्रेष्ठहरू अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गर्नै मान्दैनन् । स्थानीय निर्वाचनअघि नै इतर पक्षका नेताहरू पार्टीबाट बाहिरिने तयारीमा रहेको स्रोतले बतायो ।

    सोही कारण यादवले बोलाएको बैठकमा बाबुराम पक्षका नेताहरू जान छाडेका छन् । केही समययता जसपाको पार्टी गतिविधिमा उपेन्द्र मात्रै देखिएका छन् । बाबुराम भट्टराईहरू मौन छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ १८ २०७८०५:०९:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend