आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केपीको इशारामा विद्यालाई भेट्न शितलनिवास पुगे ठाकुर र महतो, के पाक्दैछ खिचडी ?

केपीको इशारामा विद्यालाई भेट्न शितलनिवास पुगे ठाकुर र महतो, के पाक्दैछ खिचडी ?

  • मिडिया डबली
  • बुधवार, बैशाख २९ २०७८

  • 7.5K
    SHARES

  • केपीको इशारामा विद्यालाई भेट्न शितलनिवास पुगे ठाकुर र महतो, के पाक्दैछ खिचडी ?

    काठमाडौं – नयाँ सरकार बनाउने प्रयास भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारमा भेटेर ओलीकै इशारामा ठाकुर र महतो शितलनिवास पुगेका छन् । 

    शितलनिवास राष्ट्रपतिसँग नयाँ सरकार गठन र जसपाको भूमिकाका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान धारा ७६(२) अनुसार नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा भोलि बिहीबार सकिनेछ ।

    जसपाको ठाकुर र महतो पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनाउन भइरहेको गठबन्धनमा संलग्न नहुने स्पष्ट पारेका छन् । जसपाको ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई समर्थन गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend