आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महन्थ ठाकुर र राजेन्द्र महतोले राजपा दर्ता गर्ने, उपेन्द्र यादवलाई आपत !

महन्थ ठाकुर र राजेन्द्र महतोले राजपा दर्ता गर्ने, उपेन्द्र यादवलाई आपत !

  • मिडिया डबली
  • बिहिवार, जेठ १३ २०७८

  • 7.0K
    SHARES

  • महन्थ ठाकुर र राजेन्द्र महतोले राजपा दर्ता गर्ने, उपेन्द्र यादवलाई आपत !

    काठमाडौं - पार्टी एकता भएको एक वर्ष नबित्दै जनता समाजवादी पार्टी टुक्रिने भएको छ ।

    नयाँ संविधानअनुसार पार्टी एकता भएको पाँच वर्षसम्म वा एकता महाधिवेशन नभएसम्म पार्टी विभाजन गर्न नपाइने उल्लेख भए पनि ठाकुर र महतो पक्ष उपेन्द्र यादवसँग सँगै नबस्ने निर्णयमा पुगेका हुन् । बुधबार दिनभरिमा नयाँ पार्टीको विधान तयार गरिसकिएको बताइन्छ । 

    जसपाको कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षको बहुमत भएपछि ठाकुरले राजपा ब्यूँताउन लागेका हुन् ।

    जसपाको ५० सदस्यीय कार्यकारिणीमा २१ जना मात्र ठाकुरको पक्षमा छन् भने बाँकी २९ सदस्य यादवको पक्षमा छन् । संसदीय दलमा बहुमत सदस्य ठाकुरको पक्षमा छन् । ३२ सांसदमध्ये ठाकुरको पक्षमा १९ र यादवको पक्षमा १३ जना सांसद छन् ।

    संविधानमा ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य लिएर नयाँ दल दर्ता गर्ने प्रावधानअनुरूप जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले सम्भवतः आजभोलि नै निर्वाचन आयोगमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ं दर्ता गर्ने तयारी गरेका हुन् ।

    राजपा दर्ता गरेसँगै चुनावका चिन्ह पञ्जा मागिने भएको छ । पञ्जा पहिले नेपाल सदभावना पार्टीको चुनाव चिह्न थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend