शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक विशेष

जसपा सिध्याउँदै ओली, राजेन्द्र महतो तनावमा

जसपा सिध्याउँदै ओली, राजेन्द्र महतो तनावमा

  • मिडिया डबली
  • बुधवार, माघ २१ २०७७

  • 16.6K
    SHARES

  • जसपा सिध्याउँदै ओली, राजेन्द्र महतो तनावमा

    काठमाडौं - सत्तारुढ दल नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी ओलीले महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ध्वस्त गर्ने रणनीति लिएका छन् ।

    सो पार्टीका नेतालाई एक एक गरी उनले आफ्नो पार्टी (नेकपा ओली समूह) मा प्रवेश गराउन थालेका छन् । जसपाका केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. शिवजी यादव मंगलबार मध्यराति नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

    तत्कालीन फोरम नेपालका प्रमुख सचेतकसमेत रहेका यादव प्रधानमन्त्री ओलीबाट अवीर र माला लगाउँदै मंगलवार अबेर राति नेकपामा प्रवेश गरेका हुन् ।

    उनी पार्टी प्रवेश गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता महेश बस्नेत पनि उपस्थित थिए । प्रभावशाली नेता यादव ओली समूहमा प्रवेश गरेपछि जसपालाई ठूलै झट्का लागेको छ ।

    यादव कम्युनिस्ट पृष्ठभूमिका हुन् । यसअघि जसपाका नेता तथा पूर्वसांसद बबन सिंह नेकपामा प्रवेश गरिसकेका छन् । उनलाई प्रभु साहले रौतहटमै पार्टी प्रवेश गराएका थिए ।

    ओली समूहले जसपाको सांगठनिक संरचना ध्वस्त बनाउन पोखरेल र बस्नेतलाई जिम्मेवारी तोकेको छ । ओली समूहले आफ्नो पार्टीका नेताहरुलाई एकएक गरी प्रवेश गराउन थालेपछि जसपामा भुइँचालो गएको छ ।

    यो घटनाबाट सबैभन्दा तनावमा महन्थ, बाबुराम र उपेन्द्र परेका छन् । तर, ओलीकै निगाहामा सांसद जितेका राजेन्द्र महतो भने ओली समूहमा प्रवेश गर्ने दिन साइत जुराएर बसेका छन् ।

    आफूभन्दा पहिल्यै धेरै नेता ओली समूहमा पठाएपछि राजेन्द्र महतो पनि प्रवेश गर्ने स्रोत बताउँछ । तर, राजेन्द्र महतोले भने अहिलेसम्म केही मुख खोलेका छैनन् । तर, ओलीको कदमको महतोले समर्थन गरेको जसपाका एक नेताले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend