आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ओली सरकारमा सहभागी हुनेबारे निर्णय लिन राजेन्द्र महतोले बोलाए आकस्मिक बैठक, के छ तयारी ?

ओली सरकारमा सहभागी हुनेबारे निर्णय लिन राजेन्द्र महतोले बोलाए आकस्मिक बैठक, के छ तयारी ?

  • मिडिया डबली
  • शुक्रवार, जेठ ७ २०७८

  • 5.7K
    SHARES

  • ओली सरकारमा सहभागी हुनेबारे निर्णय लिन राजेन्द्र महतोले बोलाए आकस्मिक बैठक, के छ तयारी ?

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले संसदीय दलको आकस्मिक बैठक बोलाएका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री चयनका लागि आह्वान गरेपछि जसपा संसदीय दलको बैठक बोलाइएको सांसद लक्ष्मणलाल कर्णले बताएका छन् ।

    ‘आज बिहान १०–११ बजेतिर हाम्रो संसदीय दलको बैठक बस्छ । बैठकले सरकार गठनबारे निर्णय लिन्छ,’ नेता कर्णले भनेका छन् ।

    जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई बैठकबारे जानकारी नदिइएको स्रोतले जनाएको छ । जसपाका यादव पक्षीय सांसद प्रदीप यादवले आफूहरुलाई बैठकबारे कुनै जानकारी नआएको बताएका छन् ।

    अध्यक्ष ठाकुर र नेता महतो पक्षले आफूसँग पार्टीमा बहुमत रहेको दाबी गर्दै आएको छ । ठाकुर पक्षले संसदीय दलको नेतामा समेत राजेन्द्र महतोलाई चयन गरिसकेको छ ।

    जसपाको ठाकुर पक्षकै माग अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकबाट गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend