आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भारतमा कांग्रेस नेता मीनकृष्ण महर्जनलाई कालीबाबाको भव्य सम्मान

भारतमा कांग्रेस नेता मीनकृष्ण महर्जनलाई कालीबाबाको भव्य सम्मान

  • मिडिया डबली
  • बुधवार, पौष २८ २०७८

  • 8.3K
    SHARES

  • भारतमा कांग्रेस नेता मीनकृष्ण महर्जनलाई कालीबाबाको भव्य सम्मान

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनलाई तान्त्रिक बाबा १००८ स्वामी कालीबाबाले सम्मान गरेका छन् । कालीबाबाको निम्तोमा उनको आश्रम भारतको हरियाना पुगेका नेता महर्जन सम्मानित भएका हुन् ।

    कालीबाबाले उनको आश्रम हरियानाना ठूलो हस्पिटल खोल्न लागेको नेता महर्जनले बताए। सो हस्पिटलको लागत १२ हजार करोड बराबर रहेको बताइन्छ ।

    विशेष गरी उक्त हस्पिटलमा किड्नी ट्रान्सप्लान्ट, लिभर ट्रान्सप्लान्ट, न्युरोसम्बन्धी उपचार सेवा दिइने कालीबाबाले आफूलाई बताएको महर्जनले जानकारी दिए ।

    हस्पिटलको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मार्चमा उट्घाटन गर्ने कार्यक्रम छ। कालीबाबाले नेता महर्जनलाई आफ्नै परिवारको सदस्यको रुपमा लिने गरेको भ्रमण दलका सदस्य विनोद महर्जनले मिडियाडबलीलाई बताए।

    कालीबाबाको भारतमा मात्र ३७ वटा आश्रम र २५ वटा गौशाला छ। उनी नेपालमा हिन्दुराज्य कायम गर्न भन्दै पटक पटक नेपाल आउने गरेका छन् ।

    बाबाको त्यो अभियान अहिले पनि जारी रहेको र त्यसका लागि चाँडै नेपाल भ्रमणमा आउने नेता महर्जनले बताए। बाबाको आश्रममा हरेक दिन दुई हजरभन्दा बढी दर्शन गर्ने आउने गरेको महर्जनले बताए। विशेष गरी भारतीय नेताहरु बाबाको आशीर्वाद लिन घुइँचो नै लाग्ने गरेको उनको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०३:५३:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend