काठमाडौं- राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध प्रदर्शन गरेको छ। जनकपुरको जनकचौकमा भएको प्रदर्शनको क्रममा नेपालका लागि चिनियाँ राजदूतविरूद्ध चर्को नाराबाजी लगाइएको छ।
अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाएका थिए।
सोही क्रममा उनीहरूले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पुतला दहनसमेत गरेका छन्। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका हुन्।
राष्ट्रिय एकता अभियान धनुषाका जिल्ला संयोजक मनीष पुरबेको नेतृत्वमा प्रदर्शनसहित राजदूत यान्छीको पुतला दहन गरिएको हो । पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महशुस हुन थालेको छ।
चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ।






मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।