काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेपछि काठमाडौंमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको चलखेल बढेको छ ।
नेकपा फुट्नुअघि समेत कम्युनिस्ट नेताहरूको दैलो चहार्दै सहमति गराउने प्रयास गरेपनि सफल हुन नसकेर नेकपा फुटेको छ । नेकपा फुटेपछि यान्छीले फेरि चलखेल बढाएकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटबाट सुरू भएको यान्छीको भेटघाट श्रृंखला नेकपा अध्यक्ष माधवकुमार नेपालसम्म पुगेको छ । राजदूत यान्छीले शुक्रबार नेकपा नवनियुक्त अध्यक्ष नेपालसँग भेटवार्ता गरेकी छन् ।
नेकपा नेता विष्णु रिजालले ट्विटरमा लेखेका छन्, ‘नेकपाका अध्यक्ष कमरेड माधवकुमार नेपालसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम होउ यान्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटका अवसरमा उहाँहरूबीच २ मुलुकका आपसी हितका विषयमा छलफल भएको छ ।’
यसअघि यान्छीले राष्ट्रपति भण्डारी र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।