आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेकपा विवादमा चिनियाँ राजदूतको सक्रियता बढ्यो, यस्तो छ कारण !

नेकपा विवादमा चिनियाँ राजदूतको सक्रियता बढ्यो, यस्तो छ कारण !

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 6.2K
    SHARES

  • नेकपा विवादमा चिनियाँ राजदूतको सक्रियता बढ्यो, यस्तो छ कारण !

    काठमाडौं – नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा चिनियाँ चासो बढेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान खुमलटार पुगेर नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेटिन् । भेटमा दाहाल र राजदूत होउबीच साझा चासोका विषयमा छलफल भएको चिनियाँ राजदूतावासका तृतीय सचिव याङ सीले बताए ।

    मंगलबार मात्रै उनले शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी थिइन् । गत वैशाख, असार र मंसिरमा सत्तारूढ दल नेकपाभित्रको विवाद मिलाउन उनले ‘सहजीकरण’ गरेकी थिइन् । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजन भएपछि विकसित राजनीतिक घटनाक्रम बुझ्न राजदूत होउको सक्रियता बढेको हो ।

    पूर्वप्रधानमन्त्री तथा राज्यका उच्च अंगमा रहेका पदाधिकारीले भेटवार्ता गर्दा कूटनीतिक आचारसंहिताअनुसार परराष्ट्र मन्त्रालयलाई थाहा दिनुपर्ने र भेटवार्तामा परराष्ट्रका प्रतिनिधि अनिवार्य हुनुपर्ने उल्लेख छ । तर राष्ट्रपति भण्डारी र दाहालसँग चिनियाँ राजदूत होउबीच भेटवार्ता हुँदा परराष्ट्रका कुनै पनि प्रतिनिधिको सहभागिता नरहेको मन्त्रालयका एक उच्च पदाधिकारीले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १० २०७७०७:३७:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend