काठमाडौं - नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चिनियाँ राजदूत होउ यान्छीलाई आफ्नो मर्यादामा बस्न चेतावनी दिएका छन्। राजदूत यान्छीलाई खतिवडाले कुटनैतिक मर्यादामा बसेर जिम्मेवारी बहन गर्न सुझाव दिएका हुन् ।
खतिवडाले बुधबार बिहान ट्वीट गर्दै राजदूत यान्छीको गतिविधि र क्रियाकलापको आलोचना गरेका छन् । सत्तारुढ नेकपाको आन्तरिक विवादमा हरेक पटक जोडिने राजदूत यान्छीले हिजो मात्रै राती आठ बजेदेखि १० बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन्।
‘नेकपा भन्ने पार्टीको सर्बोच्च नेता यी चीनको राजदूत हुन जस्तो लाग्न थाल्यो । दोस्रो नेता राष्ट्रपति’, ट्वीटमा खतिवडाले भनेका छन्, ‘अरु नेता कार्यकर्ता यिनैका आदेशमा चल्ने हुन् जस्तो अहिलेको भेटघाटबाट बुझिदै छ । भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले राति भेटेको समाचारपछि चीनको राजदूत पनि प्रधानमन्त्री भेट्न् रातिनै जानुपर्ने ?’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।