आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चिनियाँ राजदुतबाट ओलीलाई 'साइड लाग्न' सुझाव, को बन्दै छ प्रधानमन्त्री ?

चिनियाँ राजदुतबाट ओलीलाई 'साइड लाग्न' सुझाव, को बन्दै छ प्रधानमन्त्री ?

  • मिडिया डबली
  • बुधवार, मंसिर ३ २०७७

  • 16.9K
    SHARES

  • चिनियाँ राजदुतबाट ओलीलाई 'साइड लाग्न' सुझाव, को बन्दै छ प्रधानमन्त्री ?

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीभित्र उग्र विवाद हुँदा चिनियाँ राजदुतको सक्रियता दोस्रो पटक बाहिरिएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा हिजो राति करिब दुई घण्टा लामो भेटवार्ता गरेकी थिइन् ।

    यति बेला नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरुले समेत ओलीलाई कुनै एक पद रोज्न एवं पार्टी र सरकारमा एक्लौटी निर्णय नर्गन भन्दै दबाब दिइरहेका छन् ।

    यसै क्रममा चिनियाँ राजदुतले समेत ओलीलाई नै कुनै एक पदबाट पछि हट्न(साइड लाग्न)  सुझाव दिएको खुल्न आएको छ । स्रोतका अनुसार ओलीसँगको भेटमा राजदुत यान्छिले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्दा नै ओलीको लागि हितकर हुने सुझाव दिएकी थिईन् । 

    यसअघि गत बैशाखमा नेकपाभित्र दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले ओलीको दुवै पदबाट राजीनामा माग्दा राजदूत यान्छी सक्रिय भएकी थिईन् । उनले नेकपाका प्रायः सबै शीर्ष नेताहरुलाई घरघरमै पुगेर भेटेकी थिईन् । उनले पार्टी एकता सुदृढ गर्दै अघि बढ्दा नै राम्रो हुने सुझाव दिएकी थिईन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend