सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

संक्रमण तीव्र बढेपछि आज तीन जिल्लाका सिडिओको बैठक बस्दै, लकडाउनको सम्भावना कति ?

संक्रमण तीव्र बढेपछि आज तीन जिल्लाका सिडिओको बैठक बस्दै, लकडाउनको सम्भावना कति ?

  • मिडिया डबली
  • आइतवार, पौष २५ २०७८

  • 4.5K
    SHARES

  • संक्रमण तीव्र बढेपछि आज तीन जिल्लाका सिडिओको बैठक बस्दै, लकडाउनको सम्भावना कति ?
    फाइल तस्वीर

    काठमाडौं - काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमण तीव्र रूपमा उकालो लागेको छ । सबैभन्दा बढी उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमण बढेको छ ।

    संक्रमण दर बढ्दै गएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ । कोरोना भाइरसको संक्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

    काठमाडौं उपत्यका संक्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । शनिबार काठमाडौंमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको थियो ।

    काठमाडौं उपत्यकामा संक्रमण ४० प्रतिशतले वृद्धि भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओको बैठकले स्मार्ट लकडाउनसम्मको तयारीबारे छलफल गरेर गृह मन्त्रालयमा सिफारिस गर्ने बुझिएको छ ।

    अहिलेकै रेसियोमा संक्रमण बढे अस्पतालका बेडहरू भरिने निश्चित छ । किनभने भारतलगायतका तेस्रो मुलुकबाट नेपाल फर्कनेको संख्या ह्वात्तै बढेको छ ।

    उनीहरूलाई क्वारिन्टिनमा राखिएको छैन । यसले पनि संक्रमण तीव्र फैलिने आशंका गरिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७१०:२१:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend